२०८१ आश्विन १३ , आइतवार

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट (पूर्णपाठ)

सुनाखरी न्युज/ काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि झण्डै १८ खर्बको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदमा आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट घोषणा गर्नुभएको हो ।

 

यसमध्ये चालु खर्च तर्फ ७ खर्ब ५३ अर्ब ४० करोड अर्थात् कुल बजेटको ४२ प्रतिशत विनियोजन गरिएको छ । यस्तै, पूँजीगत खर्च तर्फ ३ खर्ब ८० अर्ब ३८ करोड अर्थात् २१ दशमलब २ प्रतिशत बजेट छुट्याइएको छ । वित्तीय व्यवस्थापन तर्फ २ खर्ब ३० अर्बै २२ करोड अर्थात् १२ दशमलब ८ प्रतिशत बजेट सरकारले छुट्याएको छ । यसमध्ये प्रदेश तथा वित्तीय हस्तान्तरण तर्फ ४ अर्ब २९ अर्ब ८३ करोड, अर्थात् २४ प्रतिशत विनियोजन गरिएको अर्थमन्त्री शर्माले जानकारी गराउनुभयो ।

 

स्रोत तर्फ राजश्व परिचालनबाट १२ खर्ब ४० अर्ब ११ करोड र वैदेशिक अनुदानबाट ५५ अर्ब ४६ करोड जुट्ने सरकारी लक्ष्य छ । यसरी ४ खर्ब ५८ अर्ब २६ करोड न्यून हुनजाने रकममध्ये वैदेशिक ऋणबाट २ खर्ब ४२ अर्ब २६ करोड जुटाउने सरकारी योजना छ । यसबाट पनि थप अपुग नपुग २ खर्ब ५६ अर्ब आन्तरिक ऋणबाट उठाउने बजेटको लक्ष्य छ । बजेटको परिचालनबाट ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेर मूल्य वृद्धिलाई ७ प्रतिशतमा सीमित गर्ने सरकारी दाबी छ ।