२०८१ आश्विन १३ , आइतवार

नेलम्बो नेपालको सहयोग सिद्ध आधारभूत विद्यालयलाई

सुनाखरी न्युज/ पोखारा । पोखारा ४ गैह्रापाटनमा रहेको नेलम्बो नेपालले अन्नपूर्ण गाउँपालिका वडा नं. ६ लुम्लेमा रहेको श्री सिद्ध आधारभूत विद्यालयलाई सुद्ध खानेपानी व्यवस्थापनको लागि यूरोगाई हस्तान्तरण गरेको छ ।

 

विद्यालयमा खाने पानीको व्यवस्थापन भएता पनि पानी शुद्धिकरण नगरी पिउने गर्दा विद्यार्थी शिक्षकहरुमा पानीको कारण धरै समस्या देखिएकोमा नेलम्बो नेपालले सुद्ध खानेपानिको समस्याको लागि समाधान गरेको छ । एक कार्यक्रममा नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नुमलाल देवकोटा, अन्नपूर्ण गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष एकदेव देवकोटा, विद्यालयका प्रधानाध्यापक नवीन भण्डारी, अन्नपूर्ण गाउँपालिकाका शिक्षा शाखा प्रमुख वलारामा भुँगाई लगाएतको उपस्थितिमा सो विद्यालयमा एक कार्यक्रमका बीच युरोगाई हस्तान्तरण गर्नु भएको हो । हस्तान्तरण पश्चात नेलम्बो नेपालको प्राविधक टोलीले युरोगाई जडान गरि सञ्चालनमा ल्याएको छ ।

 

सो कार्यक्रममा बोल्दै नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले नेलम्बो नेपाल शिक्षा,स्वास्थ्य र वातावरणको क्षेत्रमा क्रियाशिल रहँदै आएको र विद्यार्थी तथा शिक्षकको स्वास्थ्यलाई मध्यनजर राखी पानी सुद्धिकरण गरी पिउनको लागि१५औं गणतन्त्र दिवसको उपलक्ष्यमा युरोगाईहस्तान्तरण गरेको बताउनु भयो । नेलम्बो नेपालले उपलब्ध गराएको युरोगाईलाई विद्यालयले संरक्षण गरी प्रयोग गर्नेमा आफुहरु ढुक्क रहेको पनि बताउनु भयो । उक्त कार्यक्रमको प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष एकदेव देवकोटाले नेलम्बो नेपालले सुद्ध खानेपानीको लागि सहयोग गर्नु भएकोमा धन्यवाद दिनु भयो । उहाँले सहयोगी संस्थाले गरेको उदारणीय कार्यको प्रसंशा समेत गर्नु भयो भविष्यमा नेलम्बो नेपालसँग सहकार्य गरि अन्य कार्य गर्न पनि आफुहरु तयार रहेको बताउनु भयो । शिक्षक टंक प्रसाद देवकोटाद्धारा सञ्चाति कार्यक्रममा विद्यालय प्रधानाध्यापकले स्वागत मन्तव्य, शिक्षा अधिकृत वलारम भुँगाईले धन्यवाद मन्तव्य र विद्याालय व्यवस्थापन समितिका अध्यक्ष नुमलाल देवकोटाले कार्यक्रमको समापन गर्नु भएको थियो ।

 

सो कार्यक्रममा नेलम्बो नेपालले मुख तथा दाँतको वारेका सचेतनामुलक कार्यक्रम पनि सञ्चालन गरि मुख स्वास्थ्यको हेरचहाका वारेमा जानकारी प्रदान गरेको थियो । उक्त सचेतना कार्यक्रमको नेलम्बो नेपालकी डेण्टल हाइजेनिष्ट सुस्मी बुढा मगरले गर्नु भएको थियो । उक्त कार्यक्रमा नेलम्म्बो नेपालका जनसम्र्पक अधिकृत भीम प्रसाद भण्डारी, रवि गुरुङ्ग, कृष्णप्रसाद देवकोटा लगायतको उपस्थिति रहेको थियो ।