२०८१ आश्विन १३ , आइतवार

सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

सुनाखरी न्युज/ उदयपुर। उदयपुरको कटारी नगरपालिका-१४ भदौरेमा आज बिहान भएको सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।

 

सिमेन्ट बोकेर पथलैयाबाट सोलुखुम्बु तर्फ जाँदै गरेको ना ८ ख ८२९७ नम्बरको लोबेड गाडी भदौरे भन्ने स्थानमा आज बिहान राती साँढे २ बजेको समयमा आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी १०० मिटर तल खसेर दुर्घटना भएको थियो ।

 

उक्त दुर्घटनामा परी चालक सिमरा उप-महानगरपालिका-१ का ३३ बर्षीय सुदिप घलान, सोही स्थानका २५ बर्षीय नितेष खड्का, १७ बर्षीय अनुज लामा र ३७ बर्षीय राजन तामाङको घटनास्थलमा नै मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।