२०८१ मंसिर १० , सोमवार

‘गन कल्चर’लाई प्रवर्द्धन गरेको आरोपमा मुद्दा चलाइएका सिद्धुको पाँच गोलीले लियो ज्यान

सुनाखरी न्युज/ काठमाडौं –

पञ्जाबी गायक तथा अभिनेताबाट राजनेता बनेका सिद्धु मुसेवालाको मानसामा गोली हानी हत्या गरिएको छ । मानसाका एसएसपी गौरव तोराले सिद्धु मुसेवालाको मृत्यु भएको पुष्टि गर्दै चार ठाउँमा गोलीको निशान भेटिएको बताए । अर्कोतर्फ मानसाका सिभिल सर्जन डा. रञ्जित राईले पनि अस्पताल लैजाँदै गर्दा सिद्धुको मृत्यु भएको सञ्चारमाध्यमलाई बताए ।

 

सिद्धु मुसेवालाले सन् २०२२ को पञ्जाब विधानसभा चुनाव अघि गत वर्ष डिसेम्बरमा राजनीतिमा प्रवेश गरेका थिए । मानसा निर्वाचन क्षेत्रबाट कांग्रेसका उम्मेदवारका रूपमा चुनाव लडेका उनी आम आदमी पार्टीका विजय सिंगलासँग पराजित भएका थिए । कांग्रेस पार्टी मार्फत पञ्जाबको राजनीतिमा खुट्टा जमाउने प्रयास गरेका सिद्धु मुसेवाला पञ्जाबका लोकप्रिय गायक थिए । उनका गीतहरू युट्युबमा लाखौंले हेर्ने गर्छन् र मानिसलाई कण्ठस्तै हुन्छन् ।

धेरै हिट गीत गाएका पञ्जाबी गायक सिद्धु मुसेवाला गीतमार्फत् बन्दुक संस्कृतिको प्रवर्धनका लागि पनि परिचित छन् । सिद्धु मुसेवालालाई डिसेम्बर ३, २०२१ मा तत्कालीन पञ्जाब कांग्रेस अध्यक्ष नवजोत सिंह सिद्धु र पञ्जाबका तत्कालीन मुख्यमन्त्री चरणजीत सिंह चान्नीको उपस्थितिमा पार्टीमा सामेल गरिएको थियो । त्यतिबेला सिद्धु मुसेवालाले भनेका थिए, ‘मैले आजभन्दा ३–४ वर्षअघि सङ्गीत सुरु गरेको थिएँ । आज, चार वर्षपछि, म आफ्नो जीवनमा एक नयाँ कदम उठाउन जाँदै छु, एक नयाँ पेशा, एक नयाँ संसार, जुन मेरो सुरुवात हो । ’

 

‘म गाउँले हुँ, हामी साधारण परिवारका मान्छे हौँ, मेरो बुबा आर्मीमा हुनुहुन्थ्यो, भगवानको कृपा छ र हामी अहिले पनि त्यही गाउँमा बसिरहेका छौँ । कांग्रेसमा आउनुको ठूलो कारण छ । पहिलो कुरा पञ्जाब कांग्रेस वा कांग्रेस जेसुकै होस्, यसमा साधारण घरबाट आएका मानिसहरू छन् । उनीहरूले कडा परिश्रम गरेर आवाज उठाउन सक्छन् ।’

 

गाउँबाट सुरुवात

करिब चार वर्षअघि पञ्जाबी मनोरञ्जनको दुनियाँमा प्रवेश गरेका शुभदीप सिंह सिद्धु छिट्टै सिद्धु मुसेवालाको नामले चर्चित भए । एक पटक एक च्यानल होस्ट कलेज क्याम्पसमा विद्यार्थीहरूसँग कुरा गरिरहेको बेला शुभदीप सिंह उर्फ ​​​​सिद्धु मुसेवाला भीडबाट बाहिर निस्किए र गीत गाउने मौका मागे । एन्करले सिद्धुलाई उनको नाम सोधे, सिद्धुले आफ्नो नाम शुभदीप सिंह सिद्धु भने, एन्करले फेरि सोधे । उनले फेरि भने( शुभदीप सिंह सिद्धु । शुभदीपले क्याम्पसमा गीत गाए र सबैले ताली बजाए । एक समय थियो जब उनले आफ्नो बारेमा बताउनुपर्दथ्यो, तर हेर्दा हेर्दै उनी सिद्धू मुसेवालाको नामले चर्चित भए ।

 

सिद्धु मूसेवाला मानसा जिल्लाको मुसा गाउँका बासिन्दा थिए । सन् २०१८ मा (गन कल्चर) बन्दुक संस्कृतिसँग जोडिएका उनका थुप्रै गीत सार्वजनिक भएपछि सिद्धु मुसेवालाको लोकप्रियता बढ्यो । सिद्धु मुसेवालाकी आमा चरणजीत कौर मुसा गाउँकी सरपञ्च हुन् । सरपञ्चको चुनावमा सिद्धु मुसेवालाले आफ्नी आमाको लागि चर्को प्रचार गरेका थिए । सिद्धु मुसेवालाले सरदार चेतन सिंह सर्वहितकारी विद्या मन्दिर मानसाबाट १२ कक्षासम्म नन(मेडिकल पढेका थिए । त्यसपछि उनले स्नातक गरे र पछि क्यानडामा एक वर्षको डिप्लोमा गरेका थिए ।

 

सिद्धु मुसेवाला गीत र चलचित्र

सिद्धु मुसेवालाका धेरै गीत सुपरहिट भएका छन् । हाई, ढक्का, ओल्ड स्कुल, सञ्जु जस्ता गीतहरू युट्युबमा लाखौं पटक हेरिइसकेका छन् ।यी गीतहरू मार्फत बन्दुक संस्कृतिलाई बढावा दिएको आरोपमा मूसेवालाको आलोचना र मुद्दा चलाइएको थियो । गायकको रूपमा पहिचान स्थापित गरेपछि सिद्धु मुसेवालाले फिल्ममा पनि पाइला राखे ।

 

मूसेवालाले ‘यस आई एम स्टुडेन्ट’, ‘तेरी मेरी जोडी’, ‘गुनाह’, ‘जट्टं दा मुंडा गौन लगा’ जस्ता फिल्महरूमा पनि काम गरे । बलिउडमा सिद्धु मुसेवालाको गीतलाई पनि रुचाइएको थियो । फिल्म स्टार रणवीर सिंह र विक्की कौशलले पनि सिद्धुका गीतका कथाहरू सोशल मिडियामा सेयर गरेका छन् ।

 

सिद्धु मुसेवाला मामिला र विवाद

तर, सिद्धु मुसेवालाको नाम विवादमा अत्यधिक तानिएको पनि थियो । गोली चलाउँदै गरेको उनका दुईवटा भिडियो भाइरल भएका छन् । एउटा भिडियोमा सिद्धु मुसेवाला बर्नालाको बारबार फायरिङ रेन्जमा राइफल लिएर गोली चलाउँदै गरेको देख्न सकिन्छ । मे २०२० मा, सिद्धु मुसेवाला सहित नौ जनाविरुद्ध संगरूर र बर्नालामा मुद्दा दर्ता गरिएको थियो ।

 

अर्को भिडियोमा, सिद्धु मुसेवाला संगरूरको लड्डा कोठी रेन्जमा पिस्तोलबाट गोली हानिरहेको देख्न सकिन्छ । दुवै भिडियो लकडाउनको समयका हुन् । प्रहरीले यसअघि विपद् व्यवस्थापन ऐन अन्तर्गत मुद्दा दर्ता गरेको थियो । पछि दुवै मुद्दामा हतियार ऐन थपियो । यसअघि सन् २०२० को फेब्रुअरीमा पनि मुसेवालाविरुद्ध मनसा प्रहरीले हतियार प्रवर्द्धन गरेको आरोपमा मुद्दा दर्ता गरेको थियो ।

 

यसपछि सिद्धु मुसेवाला आफ्नो गीत ‘गभरु ते केस जेडा सञ्जय दत्त ते’ बाट विवादमा आएका थिए । यस गीतका कारण पञ्जाब अपराध शाखाले उनीविरुद्ध बन्दुक संस्कृति र हिंसालाई बढावा दिएको आरोपमा आईपीसीको प्रावधानअनुसार मुद्दा दर्ता गरेको थियो । जुलाई १६, २०२० मा रिलिज भएको ‘सञ्जु’ शीर्षकको गीतमा सिद्धु मुसेवालाले आफूमाथि हतियार ऐनअन्तर्गतको मुद्दालाई बलिउड अभिनेता सञ्जय दत्तविरुद्धको मुद्दासँग तुलना गरेका छन् ।

 

ओलम्पिक शूटर र वरिष्ठ पुलिस अधिकारी अवनीत कौर सिद्धुले पनि आफ्नो फेसबुकमार्फत् सिद्धू मुसेवालालाई सल्लाह दिएका थिए । अवनीतले आफ्नो फेसबुक पोस्टमा लेखेका थिए, ‘हालको समयमा सिद्धु मुसेवालाले प्रस्तुत गरेको गीतमा उनी आफूलाई सञ्जय दत्तसँग जोड्दै छन् । उनी आफूविरुद्धको मुद्दालाई ठूलो गौरवको विषय मान्छन् । गीतमा सिद्धुले भनिरहेका छन्– जसको मुद्दा छ ती मानिस हुन्, बाँकी त यस्तै हुन्…’

 

याे पनि:
तीस राउन्ड फायरिङ गरी पञ्जाबी गायक तथा कांग्रेस नेता सिद्धूको हत्या

पार्टीमा प्रवेश गरेपछि तत्कालीन पञ्जाब कांग्रेस अध्यक्ष नवजोत सिद्धुलाई पत्रकारहरूले सिद्धु मुसेवालाको बन्दुक संस्कृति गीतको बारेमा सोध्दा उनले यो निर्णय पञ्जाबका जनताले लिने बताएका थिए । सिद्धु मुसेवाला विरुद्धको मुद्दा बारे नवजोत सिद्धुले भनेका थिए, ‘मुद्दा छ भन्दैमा ती व्यक्ति दोषी हुन् भन्ने होइन । मविरुद्ध मुद्दा थियो, तरपनि मानिसले ६ चुनाव जिताए । ’

 

फेब्रुअरी २०२० मा एक स्टेज शोको दौरान सिद्धु मुसेवालाले भनेका थिए, ‘के मेरो कुनै गीतमा आजसम्म लागूऔषधको उल्लेख छ ? वेब सिरिजमा भइरहेका हिंसा हेर्नुहोस् । तिमीहरु लाइसेन्स दिन बन्द गर, ठेक्का बन्द गर ।’ मुसेवाला कोरोना महामारीको बेला पनि चर्चामा आएका थिए । उनले आफ्नो एउटा गीतमा यो पाटो प्रयोग गरेका थिए । वास्तवमा, शहीद भगत सिंह नगर जिल्लाको बंगा नजिकैको गाउँ पाठलावा सन् २०२० को मार्चमा अचानक चर्चामा आएका थिए ।

 

१८ मार्चपछि ७० वर्षीय वृद्धको अचानक मृत्यु भएपछि गाउँ चर्चामा आयो । मृत्युपछि मृतकमा कोरोना भाइरसको संक्रमण भएको पाइएको थियो । त्यसपछि पूरै गाउँ सिल गरियो । आफ्नो गीतमा मुसेवालाले गाउँलाई पञ्जाबको कोरोना भाइरसको केन्द्रबिन्दुको रूपमा प्रस्तुत गरेका छन् । यो गीतलाई पञ्जाबका तत्कालीन डीजीपी दिनकर गुप्ताले पनि आफ्नो ट्विटर ह्यान्डलबाट सेयर गरेका थिए ।

 

पाठलावा गाउँका बासिन्दाले गीतप्रति असन्तुष्टि व्यक्त गर्दै गाउँलाई बदनाम गरेको आरोप लगाएका थिए । गाउँलेहरूले तत्कालीन मुख्यमन्त्री क्याप्टेन अमरिंदर सिंहलाई पत्र पनि लेखेका थिए।

पञ्जाब पुलिस अभियानको हिस्सा

लकडाउनको समयमा, सिद्धु मुसेवाला पनि डाक्टरहरूलाई सम्मान गर्ने पंजाब पुलिसको अभियानको एक हिस्सा थिए । अप्रिलमा, उनले पञ्जाब पुलिससँग मनसाका डाक्टरको जन्मदिन मनाए । खैर, सिद्धु मुसेवालाको धेरै विरोध र प्रशंसा भयो, तर डिसेम्बर ३ मा दिल्लीमा सिद्धु मुसेवालालाई भेटेपछि जब नवजोत सिद्धु बाहिर आए, उनले भनेका थिए, ‘भाइ ९राहुल गान्धी०ले सिद्धु मुसेवालाको धेरै प्रशंसा गर्नुभएको छ ।

 

सिद्धु मूसेवालाका गीतहरू लाखौँले बजाउँछन् । कति शून्य छन्, त्यो पनि थाहा छैन । उनी एक रकस्टार हुन् । भाइ अहिले राजनीतिज्ञ बनेका छन् ।’ मुसेवाला राजनीतिज्ञ हुनुअघि दिनदहादै उनको हत्या भएको छ र प्रहरीले हत्याको कारण जान्न अनुसन्धान गरिरहेका छन् ।

बीबीसी