२०८१ आश्विन १३ , आइतवार

आईजिपी नियुक्ति विरुद्धको रिटमा आज सुनुवाई हुँदै

सुनाखरी न्युज/ काठमाडौं । प्रहरी महानिरीक्षक (आईजिपी) नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा परेको रिटको अन्तिम सुनुवाई आज मंगलबार हुँदैछ । जेष्ठता मिचेर आईजिपी नियुक्त गरिएको भन्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट निवेदन हाल्नुभएको थियो ।

 

न्यायाधिश सुष्मालता माथेमाको एकल इजलासले पोखरेलको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेपनि पेशी सार्न नमिल्ने गरी जेठ १७ गते मंगलबारको लागि अन्तिम सुनुवाइको मिति तोक्नुभएको थियो । सरकारले आफुभन्दा १७ महिना जुनियर एआईजी धिरजप्रताप सिंहलाई आईजिपीमा बढुवा गरेपछि अन्यायमा परेको भन्दै एआईजी पोखरेल सर्वोच्च पुग्नुभएको हो ।

 

पोखरेलले अन्तरिम आदेश माग गरेपनि न्यायाधीश माथेमाले स्थानीय निर्वाचनमा प्रहरी संगठन प्रमुखविहीन हुँदा समस्या हुने तर चाँडै फैसला गर्न सकिने सरकारी पक्षको आग्रहलाई समर्थन गर्दै आदेश गर्नुभएको थियो । आईजिपीको दज््र्यान्ही चिन्ह लगाइसकेको व्यक्तिलाई काम गर्नबाट रोक्न नहुने तर्कसमेत सरकारी पक्षका वकिलहरुले गरेका थिए ।