२०८१ मंसिर ११ , मंगलबार

कुमारी बैंक र लाल रत्न अस्पताल बिच सम्झौता

सुनाखरी न्युज/ काठमाडौं । कुमारी बैंक लिमिटेड र सुदुरपश्चिम प्रदेश लम्कीचुहा नगरपालिका स्थित लाल रत्न अस्पताल बिच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरु लाई लाल रत्न अस्पतालबाट प्रदानगरिने स्वस्थोउपचार सम्बन्धी सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

 

यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुले सो अस्पतालबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिटरक्रेडिट कार्ड वामोबाइल बैंकिंगबाट गर्दा १०५% प्रतिशत छुट प्राप्तगर्न सकिनेछ। यस सुविधाबाट सुदुरपश्चिमप्रदेशका सेवाग्राहीहरुले गुणस्तरिय स्वास्थ्य सेवाप्राप्तगर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा विश्वस्त रहेको छ ।

 

कुमारी बैंकले आफ्ना देशव्यापी १९७शाखा सञ्जाल, १८१ एटिएम, ४२शाखारहित बैंकिङ्ग ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामीदिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथाउत्कृष्ट सेवाप्रदानगर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।