२०८१ मंसिर १० , सोमवार

अन्तर्राष्ट्रिय बजारमा बढ्यो तेलको मूल्य

सुनाखरी न्युज/ काठमाडौं –

युरोपेली युनियनले रुसी तेलको आयात यो वर्षको अन्त्यसम्म ९० प्रतिशतले कटौती गर्ने निर्णय गरेसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा वृद्धि भएको छ ।

 

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार जुलाई महिनाका लागि ब्रेन्ट कच्चा तेलको बजार मूल्य ३३ सेन्टले बढेर १२२ डलर पुगेको छ । त्यस्तै, अगस्ट महिनाका लागि पनि ब्रेन्ट कच्चा तेलको बजार मूल्य ३३ सेन्टले बढेर ११७.९३ डलर पुगेको छ । त्यस्तै, अमेरिकाको वेस्ट टेक्सासमा शुक्रबार बन्द भएको बजार सोमबार खुल्दा २.२४ डलरले बढेर ११७.३१ डलर पुगेको छ ।

 

युरोपेली युनियनले वर्ष सन् २०२२ को अन्त्यसम्म रुसी तेलको आयातमा ९० प्रतिशत कटौती गर्ने निर्णय गरेसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको हो । यसअघि युरोपेली युनियनले यो वर्षको अन्त्यसम्म सबै रुसी तेलको आयातमा प्रतिबन्ध लगाउने योजना अघि सारेको थियो ।

 

यसअघि युरोपेली युनियनका प्रायः सबै मुलुकहरु रुसी तेलमाथि प्रतिबन्धको पक्षमा रहेकाले यसअघि नै बजारमा मूल्य स्वभाविक रुपमा नै बढि रहेको एसपीआई एसेट म्यानेजमेन्टका म्यानेजिङ पार्टनर स्टेफन इन्सलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । नेपालमा पेट्रोलको प्रति लिटर १८० रुपैयाँ छ । यसले विश्व बजारको मूल्यवृद्धिले आन्तरिक बजार फेरि प्रभावित हुन सक्छ ।