२०८१ मंसिर १२ , बुधवार

सेञ्चुरी कमर्सियल बैंक र सिद्धार्थ बिजनेश ग्रुपअफ हस्पिटालिटी प्रा.लि. बीच सम्झौता

सुनाखरी न्युज/ काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र सिद्धार्थ बिजनेश ग्रुपअफ हस्पिटालिटी प्रा.लि. बीचविभिन्न सेवा सुविधाहरुमा २० प्रतिशतसम्मको छुट प्रदानगर्ने गरि सम्झौता भएको छ ।

 

बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरु, सम्पूर्ण ग्राहक वर्गहरु तथा बैकका कर्मचारीहरु लाई सिद्धार्थ बिजनेश ग्रुपअफ हस्पिटालिटीको देशभरि संचालनमा रहेका होटेल तथा रेष्टुरेन्टहरुमा खानामा १० प्रतिशत र आवासमा २० प्रतिशत सम्म छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर र सिद्धार्थ बिजनेश ग्रुपअफ हस्पिटालिटीका तर्फ बाट बजार प्रबन्धक र्निपेश श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।

 

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका १४३ शाखा,१० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ । थप जानकारीका लागि बैंकको वेबसाइट www.centurybank.com.np तथा बैंककाशाखाकार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।