२०८१ आश्विन १३ , आइतवार

बस दुर्घटनामा घाइते भएकाको उपचारकाे व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन

सुनाखरी न्युज/ काठमाडौं । जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा घाइते भएकाको उपचारकाे व्यवस्था मिलाउन गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिनुभएको छ ।

 

घाइतेहरूलाई तत्काल अस्पताल पुर्‍याएर उपचारको व्यवस्था गर्न गृहमन्त्रीले निर्देशन दिनुभएको हाे। आज (आइतबार) बिहान ४ बजेर ४५ मिनेट जाँदा रोहीणी गाउँपालिका ३ मा पर्ने भैरहवा परासी हुलाकी सडकखण्डको रोहीणी नदी पुलबाट यात्रुबहाक बस नदीमा खसेको थियो ।

जनकपुरबाट भैरहवा जाँदै गरेको लु २ ख ३८४१ नम्बरको बस दुर्घटना हुँदा ८ पुरुष र एक महिला गरि ९ जनाको मृत्यु भएको हाे। मृतकमध्ये ५ जनाको पहिचान खुलेको छ। बसका चालक निदाउँदा दुर्घटना भएको प्रहरीले जनाएकाे छ। घाइतेहरूको भीम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ।