२०८१ मंसिर १० , सोमवार

‘सिद्धु मुसेवालाकै हालत बनाइदिने’ भन्ने धम्कीपछि सलमानको अपार्टमेन्टमा पुग्यो प्रहरीको टोली

सुनाखरी न्युज/ काठमाडौं

सलमान खानलाई ज्यान मार्ने धम्कीपछि मुम्बई प्रहरी एक्सनमा आएको छ । सोमबार मुम्बई प्रहरीको टिम सलमान खानको घर ग्यालेक्सी अपार्टमेन्टमा पुगेको छ ।

 

सलमान खानलाई आइतबार सिद्धु मुसेवालाकै शैलीमा हत्या गरिदिने धम्की दिइएको थियो । सलमान खान र उनका पिता सलिम खानको नाममा अज्ञात व्यक्तिले चिट्ठी पठाएका थिए । यो चिट्ठी आइतबार बान्द्राको ब्यान्डस्ट्यान्ट प्रोमेनाडमा भेटिएको थियो । उक्त चिट्ठी सलिम खानका गार्डले त्यहाँ भेटेका थिए जहाँ सलिम मर्निङ वाकपछि गएर बस्छन् ।

 

धम्कीयुक्त पत्रमा लेखिएको थियो, ‘सलिम खान, सलमान खान छिट्टै तिमीहरुले हाल पनि सिद्धु मुसेवालाको झैँ हुनेछ ।’ यसबारे मुम्बईको बान्द्रा प्रहरीले एफआइआर दर्ता गरेको थियो ।

सलमान खानको सुरक्षा बढाइयोः

सिद्धु मुसेवालाको हत्यापछि सलमान खानले धम्कीयुक्त चिट्ठी पाउँदा पूरा बलिउडमा हलचल मच्चिएको छ । प्रहरी पनि यो मामिलामा सतर्क छ र यसबारे निकै सुक्ष्म ढङ्गले अनुसन्धान गरिँदैछ । सोमबार मुम्बई प्रहरीको टिम सलमान खानको घर ग्यालेक्सी अपार्टमेन्टमा पुगेको छ । एजेन्सी