२०८१ आश्विन १२ , शनिवार

काठमाडौंको फोहोर प्रहरी परिचालन गरेर बञ्चरेडाँडामा खसाल्न थालियो

सुनाखरी न्युज/ काठमाडौं –

बञ्चरेडाँडाका स्थानीय बासिन्दाले विरोध गरेपछि सरकारले प्रहरी बल प्रयोग गरेर काठमाडौंको फोहोर खसाल्न सुरू गरेको छ।

 

दायाँबायाँ, अगाडि-पछाडि प्रहरी तैनाथ गरेर बञ्चरेडाँडा डम्पिङ साइटमा फोहोर खसाल्न थालिएको स्थानीयले जानकारी दिए। फोहोर फाल्न नदिने भन्दै आन्दोलित स्थानीयमाथि प्रहरीले बल प्रयोग गरेको हो। सरकारले सोमबार राति भएको सम्झौताअनुसार मंगलबारदेखि फोहोर खसाल्न ल्याउन भनेपछि बञ्चरेडाँडाका स्थानीय बिहानैबाट सिसडोल र बञ्चरे बीचमा रहेको आलेटारमा धर्ना दिएका थिए।

 

प्रहरीले बल प्रयोग गर्दै बाटो खुलाइरहेको छ । महानगरपालिकाका एक अधिकारीका अनुसार फोहोर बोकेका गाडी अवरोध गर्ने केही स्थानीय वासिन्दालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सरकार र फोहोर फाल्ने क्षेत्रका प्रतिनिधिबीच भएको सहमति नमान्ने भन्दै केही स्थानीयले बन्चरेडाँडामा फोहोर फाल्न रोक लगाएका हुन् ।