२०८१ मंसिर ८ , शनिवार

४५.५९ अंकले घट्यो नेप्से, कारोबार एक अर्ब ३१ करोडमा सिमित

सुनाखरी न्युज/ काठमाडौं –

साताको दोस्रो दिन मंगलबार पनि शेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४५.५९ अंकले घटेर २ हजार २० दशमलव २३ बिन्दुमा झरेको हो ।

 

बजारमा आज एक अर्ब ३१ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोमबार नेप्सेमा एक अर्ब २६ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीमा उपकार लघुवित्त वित्तीय संस्था र बलेफी हाइड्रोपावर कम्पनी रहेका छन् ।

 

उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १०. प्रतिशतले बढेर प्रतिकित्ता २१२६ रुपैयाँ पुगेको छ । भने बलेफी हाइड्रोपावर कम्पनीको शेयरमुल्य ९.९८ प्रतिशतले बढेर २०३.९० रुपैयाँ पुगेको छ ।

त्यस्तै, आज हिमालयन बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । आज यस बैंकको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार एनआएसी एशिया बैंकको भएको छ । यस बैंकको आज ६ करोड ११ लाख भन्दा बढीको कारोबार भएको छ ।