२०८१ आश्विन १२ , शनिवार

जनप्रतिनिधिलाई गुफा विकास संस्थाको सम्मान

सुनाखरी न्युज/ पोखरा –

पोखरामा रहेको गुफा क्षेत्र संरक्षण तथा सामुदायिक विकास संस्थाले पोखरा १६ का नव निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ ।

 

महेन्द्र गुफामा आयोजित कार्यक्रममा वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना सहित सदस्यलाई संस्थाका अध्यक्ष अनिल वस्नेत, संस्थापक अध्यक्ष गोविन्द व वस्नेत, समाजसेवी प्रेमराज अधिकारीले माला र खादा लगाएर सम्मान गर्नुभयो । कार्यक्रममा वोल्दै वडाध्यक्ष तिमिल्सिनाले पोखरा १६ को समग्र विकासका लागि आफु प्रतिवद्ध रहेको वताउदै , सवैलाई समेटेर अघि वढ्ने वताउनु भयो । उहाँले गुफा पोखराको पर्यटकिय गहना भएकाले पोखरामा रहेका गुफाको थप विकासका लागि आफुले दुवै सरकारसँग आवाज उठाउने स्पष्ट पार्नुभयो ।

 

संस्थाका अध्यक्ष अनिल वस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य मञ्जु नेपाली ,राजकुमारी वानिया,महेन्द्र गुफा चमेरे गुफा पर्यटकिय विकास समितिका संयोजक गुरूदत्त भट्टराई , विकास उपसमितिका पुर्व संयोजक सुवाषवावु अधिकारी , संस्थाका संस्थापक अध्यक्ष गोविन्द व वस्नेत, पुर्व अध्यक्ष केशव व वस्नेत, सदस्य विजय सापकोटा , उपाध्यक्ष एकराज नेपाली लगायतले गुफा क्षेत्रको विकासका लागि नव निर्वाचित जनप्रतिनिधीको ध्यानाकर्षण गराएका थिए ।संस्थाका सचिव प्रेम तिमिल्सिनाले संचालन गरेको कार्यक्रममा जनप्रतिनिधिले महेन्द्र गुफामा निर्माण भएका विकास योजनाका वारेमा चासो राखेका थिए ।