२०८१ मंसिर ९ , आइतवार

भारतमा नाबालिगले पब्जीका लागि गरे आमाको हत्या,, ३ दिनसम्म आमाको शवसँगै बसिन् छोरी

सुनाखरी न्युज , भारत – मूल रूपमा वाराणसीका, सेनामा एक जुनियर कमिसन्ड अफिसर हुन्। उनको पोस्टिङ पश्चिम बंगालमा छ। लखनउको पीजीआई क्षेत्रको यमुनापुरम कोलोनीमा उनको घर छ।

यहाँ उनकी श्रीमती साधना ९४० वर्ष० आफ्ना १६ वर्षीय छोरा र १० वर्षीया छोरीसँग बस्दै आएकी थिइन् । छोराले मंगलबार राती बुबा नवीनलाई भिडियो कल गरेर आमाको हत्या गरेको बताए । उनले बुवालाई शव पनि देखाए ।
पब्जी खेल्न नपाएपछि आक्रोशित १६ वर्षीय छोराले आफ्नै आमाको गोली हानी हत्या गरेका छन् । त्यसपछि आमाको शवसँगै तीन दिनसम्म घरमै बसे । उनले १० वर्षीया बहिनीलाई पनि धम्की दिए र घरबाट बाहिर निस्कन दिएनन् । शव कुहिएपछि दुर्गन्ध फैलिन थालेपछि सेनामा अधिकारी पितालाई आफैंले फोन गरेर आमाको हत्या गरेको जानकारी दिए । पिताको जानकारीपछि मंगलबार राती प्रहरीले शवलाई घर बाहिर निकाले ।

मंगलबार राति प्रहरीले बाहिरी गेट खोल्दा घर भित्रबाट असह्य गन्ध आएको थियो । नाकमा रुमाल बाँधेर प्रहरी भित्र पसेपछि साधनाको कुहिएको शव ओछ्यानमा पल्टिएको थियो । शव यति कुहिएको थियो कि अनुहार चिन्न गाह्रो भएको थियो। साधनाकी १० वर्षीया छोरी पनि त्यही कोठामा रुँदै थिइन् । बहिनीकै अगाडि छोराले आमालाई गोली हानेको प्रहरीले जनाएको छ । जसका कारण उनी यति त्रसित भइन् कि भाइको आदेशमा आमाको शवसँगै सुतेकी थिइन् ।