२०८१ पुष १४ , आइतवार

डाबर वाटिका मिस नेपाल २०२२ का प्रतियोगीहरुद्वारा बनेपा स्थीत डाबर नेपाल नर्सरीमा भ्रमण

सुनाखरी न्युज/ काठमाडौं । डाबर वाटिका मिस नेपाल २०२२ को प्रतिष्ठित उपाधिकालागिप्रतिस्पर्धा गर्ने अन्तिम २४ प्रतियोगीहरुआज बनेपास्थित डाबर नेपाल नर्सरीमापुगेका छन् ।

 

यस भ्रमणमा प्रतियोगीहरुलेविभित्रवातावरणीय समसस्याहरु बुझ्नपाए र साथै यस समस्यालाई सम्बोधन गर्न डाबर नेपालको संरक्षण प्रयासको बारे पनिबुझ्ने अवसर पाए । डाबर वाटिका मिस नेपालका सहभागीहरुले यहाँको विश्व स्तरीय हरितगृह सुविधाको पनि निरीक्षण गरे । डाबर नेपालले दुर्लभ र लोपोन्मुख जडिबुटीको संरक्षण गर्दै आएकार यी जडिबुटी डाबरका विभित्रउत्पादनहरुमापनिप्रयोग गरेका छन् । हिजो विश्ववातावरण दिवसको अवसरमाप्रतियोगीहरुले डाबर नर्सरीको परिसरमा वृक्षारोपण गरी मनाएकाथिए ।

 

डाबर नेपालकामार्केटिङ प्रमुखअभयगोर्खालीले भने, “प्रकृति र प्राकृतिकप्रजातिको संरक्षणका लागियुवाहरुलाई परिचय गराउनपाएकोमाहामीलाई असाध्यै गर्व र खुसीलागेको छ । डाबरले आयुर्वेदमा जरा गाडेको एक शताब्दीभन्दा बढी भैसकेको छ र यसको ज्ञानबाट विश्वभर जडीबुटी, स्वास्थ्य, सौन्दर्यको हेरचाह र आर्युबेदिकउत्पादनहरुको विस्तृत श्रृंखलाको उत्पादन र बजारीकरण गरेको छ । आजकायुवाहरु भोलिका कर्णधार हुन् । हामीलाई विश्वास छ कीप्रतियोगीहरुलाई यस प्रकारको एक्सपोजरबाट उनीहरुले वातावरण र समाजमा सकारात्मक रुपमा योगदान गर्न सक्षमहुने छन् ।“

 

डाबर नेपालका मेडिसिनल प्लान्टका प्रमुख अरविन्द राणाले दुर्लभ र लोपोन्मुख जडिबुटीको खेती गर्ने प्राविधिक ज्ञान बाँड्दै इको प्रणालीको सँरक्षणमा कम्पनीको योगदान रहेकोमा जोड दिए । डाबर नेपालको बनेपामाअत्याधुनिकप्रविधिसहितको विश्व स्तरीय हरितगृह रहेको छ जसले नेपालको ३० वटाजिल्लामा संकटग्रस्त प्रजातिको प्रवद्र्घन र खेतीगर्दछ र ६० वटा सहकारी मार्पmत जडीबुटी खेती गरी किसानहरु को जिविकोपार्जनलाई वैकल्पिकश्रोतको रुपान्तरण दिएको छ । द हिडन त्रेजरका अध्यक्षदिवाकर राजकर्णिकारले प्रतियोगीहरुलाई यो अवसर प्रदान गरेकोमा डाबर नेपाललाई धन्यवाददिदै भने, “प्रतियोगीहरुले डाबर नेपालले समाजमापु्याइरहेको संरक्षण र योगदानकाबारेमाजात्र यो ठूलो अवसर पाएका छन् ।“

 

उपभोक्ताहरुलाई उत्कृष्ट प्राकृतिककपाल हेरचाह समाधानहरु उपलब्ध गराउने डाबरको निरन्तर प्रतिबद्धताको परिणामस्वरुप, डाबर नेपालले हालै नेपालमा डाबर वाटिका नेचुरल्स स्याम्पुलन्च गरेको छ । डाबर वाटिका नेचुरल्स स्याम्पु यस वर्षको मिस नेपाल प्रतियोगिताको टाइटल स्पन्सर हो । डाबर वाटिका मिस नेपाल २०२२ को ग्राण्ड फिनाले जुन १८, २०२२ मागोडावरी स्थीत सनराइज अडिटोरियममाहुन गैरहेको छ र कान्तिपुर टिभी एचडीमा प्रत्यक्ष प्रसारण हुने छ ।