२०८१ मंसिर ७ , शुक्रवार

गण्डकी प्रदेशमा पर्यटकीय खेलकुदको सक्रियता

सुनाखरी न्युज/ काठमाडौं । झण्डै किनारामा पारिएका तर नेपालीप्रकृति , वातावरण , भूगोल र आर्थिक — सामाजिककारणले अपरिहार्य रहेका यस किसिमका खेलकुदहरु लाई नेपाली खेलकुदको मुलप्रवाहमा ल्याउन हामी एक हदसम्म सफल भएका छौं ।

 

नेपालका दर्जनौ राष्ट्रिय संघहरुको साझा महासंघ हो जस्ले नेपालमा साहसिक खेलकुदमार्फत पर्यटन प्रबद्र्घन गदै राष्ट्रिय पहिचान र गौरवको लागि खेलकुदका बिभिन्न गतिबिधिहरु गर्दै आईरहेको छ ।यसै सन्दर्भमा पोखरामा हिजो जेठ २४ गते महासंघको गण्डकीको भेला सम्पन्न भएको छ । महासंघको गण्डकी खेलकुद परिषद संग परम्परागत, सहासिक र पर्यटकिय खेलकुदका लागि आवश्यक नितिगत, कार्यक्रमिक र व्यवस्थापकिय सहयोगकालागिउक्त भेलाको आयोजना भएको हो । विगत एक दशक देखि नेचर, एडभेन्चर र कल्चर प्रमुख उद्धेश्यका साथ स्थापित महासंघले दिगो खेलकुद मार्फत दिगो पर्यटन प्रवर्द्धनका लागि क्रियाशिल रहेको छ ।

 

गण्डकी प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङको प्रमुखआतिथ्यतामाभएको उक्त कार्यक्रममा पर्वतिय खेलकुद महासंघका केन्द्रिय अध्यक्ष गोविन्द भट्टराईले समेत आफ्नाभनाई राख्दै गण्डकी प्रदेशलाई सहासिक खेलकुदको लागि प्रमुख गन्तव्य रहेकोले नितिगत रुपमानै अघि बढाउन प्रदेश सरकारको ध्यान त्यसतर्फ जानुपर्ने आवश्यक्ता रहेको बताए ।

 

भेलामामहासंघ र सदस्य संघको प्रदेश समितीनिर्माण, संघ र महासंघको साधारण सभातथानिर्वाचनप्रक्रिया, प्रतिनिधित्व, सहासिक खेलकुदको विकासकालागिप्रदेश खेलकुदको अध्ययनप्रतिवेदन संगै प्रदेशमा कृयाशिल संघ र इभेन्टहरुको अवस्थाकाबारेमा समेत विशेष छलफल गरिएको थियो । कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराई, गल्फ कास्कीका अध्यक्ष मेजर लक्ष्मी प्रसाद गुरुङ, रक क्लाइम्विङकीलक्की क्षेत्री, मोटर स्पोर्टसकाशिवश्रेष्ठले आ–आफ्ना सुझावहरु प्रस्तुत गरेकाथिए । त्यसै गरी महानजङ्ग पाण्डे, रमेश कार्की, जगन विक, अग्रजफोटो पत्रकार सुनिलउलकले समेत आफ्ना सुझाव प्रस्तुतगर्दै परम्परागत खेलकुद र पर्वतिय खेलकुदलाई अझै व्यवस्थितबनाउनजोड दिए ।

 

अध्यक्षगोविन्द भट्टराई र गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज गुरुङ सहितको टिमले कास्की , पर्वत , वाग्लुंग , म्याग्दी , मुस्तांगर स्यांजा जिल्लाका पर्यटकीय र शाहसिक खेलको सम्भाब्यताअध्ययनगरि फर्केको सन्दर्भमा यो छलफल सहितको भेलाभएको हो । महासंघको गण्डकी प्रदेश कमिटि प्रदेश सभा सदस्यइन्द्रधरा विस्टको संयोजकत्वमा १५ सदस्सीयरहेको छ ।. जसमाभू बहादुर गुरुङ ( गल्पÞm) र गोपीभट्टराई (विच गेम ) तथावसन्त दुवाडी (प्याुराग्लाइडीङ्ग)े सह संयोजक रहेका छन् भने मोटर स्पोर्ट्स, साइक्लिङ्ग , आर्चेरी , एथलेटिक्स , रोविंग , इक्विस्टरीयन, रयाफ्टिङ्ग , स्पोर्ट्स क्लाइम्बिङ्ग , स्केटिङ्ग,क्यायोनिङ्ग, अल्पाइन स्पोर्ट्स , टग अफवार , योगस्पोर्ट्स , ठेलोे, टं«ायथलन ,वुमन स्पोर्ट्स एण्ड एडभेन्चर्सलगायतका खेलहरुकाप्रतिनिधि सदस्यमा रहेका छन् ।

 

भेलालेमहासंघको साधारण सभाको लागि प्रतिनिधि प्रदेश खेलकुद परीषदको सिफारिस सहितप्रतिनिधिपठाउने र सम्वधित संघको प्रदेश समितियथासक्य छिटो वनाउने प्रस्ताव समेत अनुमोदन गरेको छ । कार्यक्रममाप्रदेश खेलकुद परिषद गण्डकीका सदस्यद्वयबसन्त दवाडी र खगेन्द्र क्षेत्रीको समेत सहभागिता रहेको थियो । राष्ट्रिय खेलकुद परिषदमा आबद्घ पराम्रागतसाहसिक तथा पर्यटकिय क्षेत्र संग सम्बन्धित नेपालको भुगोल र वातावरण मैत्रीबिभिन्न खेलहरुलाई एकत्रित गरी आगामी केहि बर्ष भित्र नेपाललाई साहसिक तथा पर्यटकिय खेलकुदका एसियाली केन्द्रको रुपमा बिकास गर्ने लक्ष्यका साथ यस पर्बतिय खेलकुद महासंघ —नेपाल सक्रिय छ ।