२०८१ मंसिर ९ , आइतवार

पदोन्नति भएका तीन जना उपरथीलाई दर्ज्यानी चिह्न प्रदान

सुनाखरी न्युज/ काठमाडौं । नेपाली सेनाको सहायक रथीबाट उपरथीमा पदोन्नति हुनुभएका दीपककुमार बानिया, होमनाथ दवाडी र यामप्रसाद ढकाललाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

 

मन्त्रिपरिषद्को यही जेठ २३ गतेको निर्णयानुसार बढुवा हुनुभएका उहाँहरुलाई सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित एक समारोहबीच प्रधानसेनापति प्रभुराम शर्माले दर्ज्यानी चिह्न प्रदान गर्नुभएको हो ।

 

पदोन्नति भएसँगै बानिया नेपाली सैनिक वार कलेजको शिक्षाध्यक्ष, दवाडी निरीक्षणाधिकृत विभागका विभागीय प्रमुख र ढकाल श्रीयुद्ध–मद्दती तथा युद्ध–सेवा मद्दती विभागका विभागीय प्रमुखमा नियुक्ति हुनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

 

मन्त्रिपरिषद्को सोही निर्णयबमोजिम महासेनानीबाट सहायक रथीमा पदोन्नति भएका दुई सैनिक अधिकृतलाई समेत सोही क्रममा दज्र्यानी चिह्न प्रदान गरिएको थियो ।