२०८१ आश्विन १२ , शनिवार

शिवपुरीमा चट्याङ लागेर दुई भैंसी ठहरै

प्रवीण थपलिया/ नुवाकोट, शिवपुरी  । नुवाकोटको शिवपुरीमा चट्याङ लागेर गोठमा बाँधिराखेका दुई भैँसी मरेका छन् । शिवपुरी गाउँपालिका–8 काफलडाॅडाका गोकर्ण थपलियाको गोठमा रहेका दुई भैँसी मरेको थपलियाको छोरी दिपिका थपलियाले जानकारी दिइन ।

गएराति चट्याङ पर्दा दुई भैंसीको मृत्यु हुनुका साथै घरमा रहेको विद्युत सर्किटमा समेत क्षति भएको थियो।