२०८१ आश्विन १२ , शनिवार

अझै पेट्रोल र डिजेलको मूल्य बढ्न सक्ने, कच्चा तेलको मूल्यमा भारी वृद्धि

सुनाखरी न्युज/ काठमाडौं –

आगामी दिनमा पेट्रोल र डिजेलको मूल्य बढ्न सक्छ । रुसले भारतलाई सस्तोमा कच्चा तेल दिन अस्वीकार गरको छ । भारतका दुई सरकारी तेल कम्पनी भारत पेट्रोलियम कर्पोरेशन (बीपीसीएल) र हिन्दुस्तान पेट्रोलियम (एचपीसीएल)बीच तेल खरिदका लागि रुसी कम्पनी रोजनेफ्टसँग केही दिनदेखि वार्ता भएको थियो ।

 

जुन असफल भएका काराण अब नेपालमा आउने पेट्रोल र डिजेलको मूल्य बढ्न सक्ने अनुमान गरिएको छ समाचार एजेन्सी रोयटर्सले यस सम्बन्धमा एक रिपोर्ट प्रकाशित गरेको छ । यसबाहेक कच्चा तेलको मूल्य १३ साताकै उच्च विन्दुमा पुगेको छ र डलरको तुलनामा रुपैयाँ पनि अवमूल्यन भइरहेको छ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेसँगै देशमा पेट्रोल र डिजेलको मूल्यमा प्रत्यक्ष असर परेको छ । बिहीबार ब्रेन्ट कच्चा तेल प्रति ब्यारेल १२४ डलरको नजिक पुगेको छ । यो १३ हप्ताको उच्च स्तर हो ।

 

कच्चा तेलको भाउ बढेपछि तेल कम्पनीहरूले ठूलो नोक्सानी बेहोर्नु पर्ने र बढ्दो घाटा कम गर्न देशका जनतामा भार थप्न सकिन्छ । यो भार पेट्रोल र डिजेलको मूल्य वृद्धिमा प्रतिबिम्बित हुनेछ। यस्तो अवस्थामा भारतले रुसबाट सस्तो कच्चा तेल नपाएको खण्डमा पेट्रोल र डिजेलको मूल्य बढ्ने लगभग निश्चित छ । अहिले इन्डियन आयलले मात्रै रुसी कम्पनीसँग सस्तो कच्चा तेलको लागि ६ महिनाको सम्झौता गर्न सकेको छ ।

 

सम्झौता अनुसार इन्डियन आयलले रुसी तेल कम्पनीबाट हरेक महिना ६० लाख ब्यारेल तेल किन्न सक्नेछ । यससँगै ३० लाख ब्यारेल थप तेल खरिद गर्ने विकल्प पनि छ । आइओसीसँगको सम्झौताले कारोबारको समयमा उपलब्ध भुक्तानी प्रणालीको आधारमा रुपैया, डलर र यूरो जस्ता सबै प्रमुख मुद्राहरूमा भुक्तानीहरू समावेश गर्दछ ।

 

भारतले रुसबाट युराल ग्रेडको तेल खरिद गर्छ तर आईओसीले सोकोल ग्रेड र ईएसपीओ मिश्रणलाई पनि आफ्नो सम्झौतामा समावेश गरेको छ । भारतसँगको सम्झौता रद्द हुनुले रुसले पश्चिमी प्रतिबन्धको बढ्दो दबाबको बाबजुद पनि आफ्नो तेल निर्यात जारी राख्न सफल भएको संकेत गर्छ । स्रोतका अनुसार रोजनेफ्टले एभरेष्ट इनर्जी, कोरल इनर्जी, बेलाट्रिक्स र सनराइजजस्ता व्यापारिक फर्ममार्फत कच्चा तेल बजारमा ल्याइरहेको छ । एजेन्सी