२०८१ आश्विन १२ , शनिवार

चट्याङ लागेर दुई जनाको मृत्यु

सुनाखरी न्युज/ सप्तरी –

बोदेबरसाईन नगरपालिका-३ मधुबन टोल बस्ने ६५ वर्षीय सत्य नारायण यादव र ६० वर्षीय रामजी यादवको चट्याङ लागेर बिहीबार दिउँसो मृत्यु भएको छ ।

 

सोही ठाउँस्थित बियुल खोलामा गाई चराउन गएको अवस्थामा अचानक चट्याङ परी उनीहरूको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।