२०८१ आश्विन १२ , शनिवार

माइला विकलाई बचाउन करोडको नोक्शानी, सेनाको हेलिकप्टरबाट उद्धारकार्य जारी

सुनाखरी न्युज/ काठमाडौं । ककनी गाउँपालिका(७ स्थित त्रिशुली मातातीर्थ प्रशारण लाइनमा माइला विक अझै छन् । उनको ज्यान जोगाउन विद्युत प्रवाह रोकिएको छ ।

 

माइला न तल झर्न मान्छन् न त उद्धार नै गर्न सकिएको छ । उनको ज्यान जोगाउन नेपाल विद्युत प्रधिकरणले करोडको नोक्शानी व्यहोरिसकेको छ । प्रहरी र सेना लाग्दा पनि सफलता हासिल भएको छैन । माइलाको उद्धारका लागि हेलिकोप्टरकै प्रयोग गर्नुपर्ने अवस्था आउन लागेपछि प्राधिकरणले प्रधानमन्त्री शेरबहादुर देउवा सम्मलाई जानकारी गराएको छ । यसअघि ऊर्जामन्त्री पम्फा भुसाललाई पनि जानकारी गराइएको थियो ।

 

विद्युत अवरुद्ध हुँदा काठमाडौं उपत्यकामा समेत समस्या हुन थालेको छ । बेल्कोटगढी नगरपालिका घलेगाउँका माइला विक दिउँसो खम्बा चढेर तारसम्म पुगेका थिए । उनी तारमा चढ्न थालेपछि प्राधिकरणलाई जानकारी गराएर विद्युत प्रसारण काटिएको थियो । विद्युत पोलमा चढेका ४४ वर्षका माइला विक हेलिकप्टर मार्फत उद्धारको प्रयास भैईरहेको नेपाली सेनाका प्रभक्ता नारायण सिलवालले जानकारी दिएका छन् ।