२०८१ पुष १७ , बुधवार

नेपाल उद्योग परिसंघ र संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रबीच छलफल

सुनाखरी न्युज/ काठमाडौं । नेपाल उद्योग परिसंघ र संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रबीचश्रम, रोजगार लगायतको विषयमा छलफल भएको छ । परिसंघको रोजगारदाता परिषद्ले केन्द्रको पाँचौँ श्रम संसदबाट चयनहुनुभएकापदाधिकारीहरुलाई स्वागततथाबधाई दिनआयोजना गरेको कार्यक्रममा नेपालको आर्थिक अवस्था, श्रम, रोजगार, श्रमिक र रोजगारदाताबीचको सम्बन्धलगायतकाविषयमा छलफल भएको हो ।

 

परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवालले केन्द्रको पाँचौँ श्रम संसदबाट चयनहुनुभएकाअध्यक्षएवं पदाधिकारीहरुलाई बधाई एवं सफलकार्यकालको शुभकामनादिनुहुदै कोडिभ १९ को विशेष परिस्थितीमाकर्मचारीहरुले समझदारीपूर्ण सहयोग गरेको बताउनुभयो । केन्द्रको स्थापनाभएदेखि राम्रो श्रम सम्बन्ध स्थापितहुँदै आएको भन्दै उहाँले ट्रेड युनियन, कर्मचारीहरुबाट राम्रो सहयोग पाइरहेको बताउनुभयो । मुलुकको अर्थतन्त्रको अहिलेको मुख्यचुनौती तरलता, शोधनान्तर घाटा, विदेशीमुद्रा संचितीमा परेको चाप रहेको अध्यक्षअग्रवालले बताउनुभयो । “तरलताको समस्याहुँदाउद्योगीहरुले बैंकबाट ऋण पाइरहेका छैनन् । नयाँउद्योगहरु स्थापनाहुन सकेका छैनन् । भएकाउद्योगहरुले पनिलगानीविस्तार गर्न पाइरहेको अवस्था छैन”, उहाँले भन्नुभयो ।

 

आन्तरिक उत्पादनको प्रबद्र्धन गरिनुपर्ने आवश्यकताऔल्याउँदै उहाँले परिसंघले औद्योगिकीकरणलाई बढावा दिनजोड दिदै आएको बताउनुभयो । औद्योगिकरणले रोजगारी सिर्जनाहुने, आन्तरिक उत्पादन बढ्ने र आयातप्रतिस्थापनहुँदै जाने अध्यक्षअग्रवालले बताउनुभयो । कार्यक्रममासंयुक्त टे«ड यूनियन समन्वय केन्द्रकाअध्यक्ष प्रेमलकुमार खनालले श्रमिकको समस्यासमाधानगर्न केन्द्र साझाथलो बनेको बताउनुभयो । उहाँले न्यूनतमपारिश्रमिकलागू गर्ने विषयचुनौतीपूर्ण रहेको भन्दै योगदानमाआधारित सामाजिक सुरक्षाकोषमापनिथोरै मात्रकर्मचारी, श्रमिक आवद्ध भएको बताउनुभयो । उहाँले श्रमिकहरुको सीपविकासमा रोजगारदातासहित राज्यले पनिदायित्वनिर्वाह गर्नुपर्ने बताउनुभयो ।

 

कार्यक्रममा सहभागीहरुले श्रमिककाकारणले उद्योग व्यवसायबन्दहुने अवस्थानभएको तर सरकारको राजश्वकानीतिकाकारण उद्योगीहरुले नै उद्योग बन्दगर्नुपर्ने अवस्था देखिएको बताउनुभयो । कार्यक्रममा परिसंघको रोजगारदाता परिषद्का संयोजक अमित बेगानी, परिसंघका महानिर्देशकदिपकराजजोशी, केन्द्रकामहासचिवनवराजदाहाल, महिला समिति सचिव रितापोखरेल, संयुक्त टे«ड यूनियन समन्वय केन्द्रमा आवद्द १० वटा राष्ट्रिय टे«ड यूनियनमहासंघका अध्यक्षएवं पदाधिकारीहरु सहभागीहुनुहुन्थ्यो ।