२०८१ मंसिर ३ , सोमवार

आईजीपी बढुवा विवाद मुद्दाको सुनुवाई आज हुँदै

सुनाखरी न्युज/ काठमाडौं । प्रहरी महानिरीक्षक बढुवा विवाद सम्बन्धि मुद्दामा सर्वोच्च अदालतमा आज (सोमबार) सुनुवाई हुने भएकाे छ ।

 

धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा यहि जेठ १७ गतेदेखि अन्तिम सुनुवाई भईरहेको छ । सरकारले आफूलाई आइजिपी नबनाएको भन्दै पहिलो बरियतामा रहेका एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा मुद्दा दायर गर्नुभएको हो ।

 

पोखरेलले बढुवाका लागि आफू योग्य भएको तर सरकारले आफू भन्दा जुनियरलाई प्रहरी ऐन र नियमावलीको व्यवस्था विपरीत बढुवा गरेको जिकिर समेत रिटमा गर्नुभएको छ ।