२०८१ आश्विन १२ , शनिवार

ताम्रकार समाजको नेतृत्वमा विनोद ताम्रकार

सुनाखरी न्युज/ काठमाडौ । ललितपुर महानगरपालिकाले संस्कृति र सम्पदा संरक्षण सम्बद्र्धन संगसंगै स्मार्टसिटीको अवधारणालाई पनि संगै लिएर अगाडी बढने योजना रहेको महानगरका नवनिर्वाचित प्रमुख चिरीबाबु महर्जनले व्यक्त गर्नुभयो ।

 

ताम्रकार समाजको चौबीसौं सामूहिक भेलातथा अठारौं साधारणसभाको उदघाटन गर्नुहुंदै उहांले गएको कार्यकालमाबाकी रहेको कार्यहरुलाई यस कार्यकालमा पूरागर्ने लक्ष्यलिएको बताउनुभयो । उहांले गएकोकार्यकालमाआफूसंग बहुमतनहुंदा समेत महानगरबासीको हितकालागीविभिन्नकार्यहरु गर्दै आइरहेको हालआफूसंग प्रसस्त बहुमत रहेको हुंदामहानगरबासीहरुको लागीथपकार्यगर्न जोसजांगर रहेको बताउनुभयो । सो कार्यक्रममा मन्तव्य राख्नुहुंदै विशिष्ट अतिथिललितपुर महानगरपालिकाका नवनिर्वाचित उपप्रमुख मञ्जली शाक्य बज्रार्चायले महानगरका स्थानिय समाजहरुसंग सहकार्य गरेर अगाडी बढ्ने जानकारी गराउनुभयो । उहांले महानगरका जातिय समाजहरुमाताम्रकार समाजको विशिष्ट स्थान रहेको बताउंदै ताम्रकार समाजबाट महानगरपालिकाले समेत धेरै कुरा सिक्नुपर्ने बताउनुभयो ।

 

सभाका सभापतिएवं ताम्रकार समाजका अध्यक्ष रविन्द्रराज ताम्रकारले ललितपुर नगरको कला, संस्कृति, सम्पदाको संरक्षण, सम्बद्र्धनको लागी समाज हिजो पनि लागी परेकाभोलीपनिलागीपर्ने जानकारी गराउनुभयो । उहांले नगरमाजनसंख्याकाआधारमा ठूला र साना समाजहरु रहेको बताउनु हुंदै महानगरपालिकाबाट समानव्यवहारको अपेक्षा गरेको बताउनुभयो । नवनिर्वाचित जनप्रतिनिधीहरुबट आ–आफ्नो समस्या समाधानहुनेमा जनताआशावादी रहेको बताउंदै अध्यक्षताम्रकारले ललितपुरका जनप्रतिनिधीहरुले जनआकांक्षा पूरागर्नेमाविश्वस्त रहेको बताउनुभयो ।

 

सो कार्यक्रममा समाजको स्वर्ण जयन्तीको अवसरमा स्थापनाकालदेखि हालसम्म समाजको कार्यसमिति, सल्लाहकार, संयोजकभई कार्य गर्नुभएकापैसठ्ठी जवानलाई विशेष सम्मानगरिएको थियो । समाजबाट नवनिर्मित ताम्रकार मंकाः छेँ नामकभवनको समाजका जेष्ठ नागरिक काजीरत्नताम्रकारबाट उदघाटन गरीएको थियो । साथै सो समारोहमाजेष्ठ नागरिक सम्मान, शैक्षिक सम्मान, दाता सम्मान, स्मारिका बिमोचनलगायतकाकार्यक्रमहरु भएकाथिए ।

 

नेवाःहरुको राष्ट्रिय संगठन नेवाः देय् दबूकाअध्यक्षपवित्रबज्राचार्य, महानगरपालिकानिर्वाचित वडा अध्यक्षहरु, विभिन्नजातिय समाजकाअध्यक्षहरुको सो समारोहमाउपस्थिति रहेको थियो । साधारणसभाको बन्द सत्रमा महासचिव शम्भु गोविन्द ताम्रकारले वार्षिक प्रतिवेदन, कोषाध्यक्षदिपेश ताम्रकारले आय व्यय विवरण प्रस्तुत गरेका थिए ।

 

समाजको सो साधारणसभाबाट विनोद ताम्रकारको अध्यक्षतामानयां कार्यसमितिनिर्विरोध चयन गरेको छ । कार्य समितिमाशम्भु गोविन्दताम्रकार, दिपेश ताम्रकार, विमलताम्रकार, विजयताम्रकार, मनोज ताम्रकार (नसांः), प्रवलताम्रकार, मिलाताम्रकार, मनोज ताम्रकार (हौगः), सजेश ताम्रकार, निताताम्रकार चयन भएकाहुन् । कार्यसमितिको पद विभाजनएवं रिक्तएक सदस्यको मनोनयनकार्यसमिति बैठकबाट हुनेछ ।