२०८१ आश्विन १२ , शनिवार

सवारी दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु

सुनाखरी न्युज/ बारा –

जितपुरसिमरा उपमहानगरपालिका-२२ स्थित सडकमा ना.७ ख ३९४८ नम्बारको ट्रकले बागमती प्रदेश ०३-००४ प १५१७ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा मोटरसाइकल चालक बारागढी गाउँपालिका-१ भवानीपुर बस्ने २६ वर्षीय देबेन्द्र बछार चौधरी र मोटरसाइकलमा सवार उनकै श्रीमती २२ वर्षीया नन्द चौधरी रहेका छन् । ट्रक चालकलाई नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।