२०८१ आश्विन १२ , शनिवार

खोलामा डुबेर १ को मृत्यु

सुनाखरी न्युज/ रौतहट –

गरुडा नगरपालिका-५ झाझब्यारेजस्थित झाझखोलामा डुबेर सोही नगरपालिका-५ महमदपुर बस्ने ३५ वर्षीय दिपेश शर्माको खोलामा डुबेर सोमबार बिहान मृत्यु भएको छ ।

डुबेर गम्भीर घाइते भएका उनको गरुडास्थित हेल्थल्याण्ड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।