२०८१ मंसिर ९ , आइतवार

निक्षेप ३ अर्बले बढ्दा कर्जा २ अर्बले घट्यो

सुनाखरी न्युज/ काठमाडौं । जेठ महिनाको अन्तिम साता वाणिज्य बैंकहरुको निक्षेप ३ अर्बले बढ्दा कर्जा लगानी २ अर्बले घटेको छ ।

 

जेठ २० गतेदेखि २७ गतेसम्मको विवरण अनुसार वाणिज्य बैंकहरुले ३ अर्बले निक्षेप बढाउँदै कुल ४३ खर्ब ९३ अर्ब रुपैयाँ पु¥याएका छन् भने सोही अवधिमा कर्जा लगानी भने २ अर्बले घटेको छ । अघिल्लो साता बैंकहरुले २ अर्ब रुपैयाँले नै कर्जा लगानी घटाउँदै ४१ खर्ब ९६ अर्ब रुपैयाँ लगानी गरेका थिए ।

 

यो साता कर्जा कुल ४१ खर्ब ९४ अर्ब रुपैयाँमा झरेको नेपाल बैकर्स संघले जनाएको छ । समग्रमा जेठ महिना लागेसँगै निरन्तर निक्षेप बढाइरहेका बैंकहरुले जेठ ६ गतेदेखि २७ गतेसम्ममा १६ अर्ब रुपैयाँले निक्षेप बढाइसकेका छन् । यता कर्जा प्रवाहमा भने कडाई गरिरहेका बैंकहरुले यो अवधिका लगानी कम गरेका छन्.।