२०८१ मंसिर ११ , मंगलबार

एनआइसी एशियाको सर्वश्रेष्ठ बचत खातामा फाइदै फाइदा

सुनाखरी न्युज/ काठमाडौं ।
एनआइसी एशिया बैंक लिमिटेडको ‘सर्वश्रेष्ठ बचत खाता’ मा ग्राहकहरूलाई पाँच वर्षसम्म ८४ लाख रूपैयाँसम्मको बीमा तथा ग्राहक सेवाहरू निःशुल्क उपलब्ध हुने भएको छ । बैंकले यसअघि १ वर्ष अवधिसम्म उपलब्ध गराउँदै आएको बीमा सुविधालाई ५ वर्ष अवधिका लागि प्रदान गर्दै बचत खातामै ८४ लाखसम्मको सर्वश्रेष्ठ बीमा फाइदा प्रदान गर्ने व्यवस्था गरेको हो ।

 

बैंकले यही कार्तिक १ गतेदेखि ल्याएको सर्वाधिक उच्च ब्याजदर, तीन बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, तीन कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू भएको ‘सर्वश्रेष्ठ बचत खाता’ योजना ल्याएको थियो।

 

आम जनमानसको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी तथा बजारको सूक्ष्म रुपको अध्ययन तथा विश्लेषण गरी बैंकको निक्षेप योजनाहरूलाई सोही अनुरुप निरन्तर रुपमा थप ग्राहकमैत्री, प्रभावकारी तथा बैंकिङ्ग क्षेत्रकै सर्वश्रेष्ठ फाइदाहरूले भरिपूर्ण हुने सुनिश्चित गर्दै जाने यस बैंकको नीति तथा रणनीति छ।

 

सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकहरुले ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाअन्तर्गत कर्जामा सहुलीयत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्वस्वीकृत कर्जा सुविधा समेत प्राप्त गर्न सक्नेछन् ।

 

बीमा तथा कर्जासम्बन्धी सर्वश्रेष्ठ फाईदाहरूका साथसाथै यस बैंकले सर्वश्रेष्ठ बचत खातामा प्रदान गर्दै आएको १८ अन्य सर्वश्रेष्ठ फाइदाहरूलाई पाँच वर्षको अवधीसम्म उपलब्ध गराएको हो। मुलुकभर रहेका ३५८ शाखा कार्यालय, ४७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

यस्ता छन् सर्वश्रेष्ठल बचत खाताका फाइदाहरू

सर्वश्रेष्ठ बचत खाताको गुडविल एम्बेसडर खाता खोल्ने ग्राहकले दुई दर्जन फाइदाहरू उपभोग गर्न पाउँछन् । ती सबै सुविधाहरू अन्य कुनै पनि बैंकमा पाउन सकिदैन । सर्वश्रेष्ठ खातामा बीमा सम्बन्धी तीन, कर्जा सम्बन्धी तीन र अन्य १८ वटा फाइदा रहेका छन् ।

बचत खाता भएका ग्राहकले एक निर्देशनको आधारमा ‘मासिक निक्षेप खाता’मा रकम ट्रान्सफर गर्न सक्ने सुविधा यसमा छ । उक्त खातामा १०।०५ प्रतिशतसम्मको वार्षिक ब्याजदर पाउन सकिन्छ ।
ग्राहकले आफ्नो बचत खाताबाट हरेक महिना कति रकम मासिक निक्षेप खातामा ट्रान्सफर गर्ने भनेर बैंकको शाखामा एक पटक भने पुग्छ । ट्रान्सफर गरिने रकम ५ सयका दरले गुणन गरेर हुने आउने रकम (जस्तै ५००, १०००, १५०० आदि अनुपातमा) तय गर्न सकिन्छ ।

त्यस्तै, सर्वश्रेष्ठ बचत योजनालाई ग्राहकको चाहनाअनुसार तीन प्रकारले विभाजन गरिएको छ । जस्तो कि गुडविल एम्बेसडर, प्राइड र पार्टनर ।

गुडविल एम्बेसडर बैंकका ‘टप कस्टमर’का लागि हो । ‘टप कस्टमर’ भनेका बैंकका ब्रान्ड एम्बासडर हुन भन्ने सोँच बैंकको छ । यसमा न्युनतम ब्यालेन्स १ लाख रुपैयाँ हुनुपर्छ । सबै किसिमको सुविधा र फाइदाहरू एम्बेसडरमा रहेका छन् ।
बैंकलेले हिसाब गरेअनुसार गुडविल एम्बेसडरमा खाता खोल्ने ग्राहकले पाउने प्रतिफल ३३९ प्रतिशत हुन्छ ।
मध्यमस्तरको लागि ‘प्राइड’ योजना छ ।

यसमा न्यूनतम ब्यालेन्स ५० हजार हुनुपर्छ । त्यस्तै, न्यूनतम ब्यालेन्स २५ हजार राखेर पार्टनर योजनामा खाता खोल्न सकिन्छ । फाइदाहरू फरक परे पनि यी सबै खातामा ब्याजदर भने एउटै हुन्छ ।
त्यस्तै बैंकले हरेक वर्गका ग्राहकले यस योजनाबाट सुविधा पाउनु पर्छ भनेर फरक किसिमको ‘कस्टुमर सेग्मेन्ट’ पनि उपलब्ध गराएको छ । जस्तो कि सर्वश्रेष्ठ बचत खाता, सर्वश्रेष्ठ मुद्दति बचत खाता, सर्वश्रेष्ठ जेष्ठ नागरिक बचत खाता, सर्वश्रेष्ठ नारी बचत खाता रहेका छन् ।
एउटा सामान्य ग्राहकको लागि सर्वश्रेष्ठ बचत खाता हो भने महिलाको लागि लकर लगायतमा सुविधा दिन नारी सर्वश्रेष्ठ बचत खाताको सुविधा रहेको छ । त्यस्तै, जेष्ठ नागरिकलाई होम बैंकिङ सुविधासहित जेष्ठ नागरिक सर्वश्रेष्ठ बचत खाता उपलब्ध रहेको छ ।

२१ लाखसम्मको बीमा सुविधा

बजारमा केही बैंकहरूले बीमाको फाइदा दिएका छन् तर त्यो पनि पूर्ण छैन । सबै बैंकले बचत खातामा दिने बीमालाई तुलना गर्दा एनआइसी एशियाको सर्वोत्कृष्ट रहेको देखिन्छ ।
एनआईसी एशिया बैंक बीमामा तीनवटा फाइदाहरू दिएको छ । खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्णरुपमा असक्त भएमा १० लाखसम्मको बीमा सुविधा छ । त्यस्तै, १८ वटा घातक रोगहरूका लागि १० लाखसम्मको बीमा सुविधा र १ लाखसम्मको औषधि उपचार बीमा सुविधा पाउँछन् ।

पहिला १ लाखसम्मको औषधि उपचार बीमा एक मुष्ट दिने गरिन्थ्यो । ग्राहकबाट अलिकति ओपीडीको सुविधा पनि भए अझ राम्रो हुन्थ्यो प्रतिक्रिया आयो । सर्वश्रेष्ठ बचत योजनामा अस्पताल भर्ना भएमा ८० हजार रुपैयाँ र ओपीडीको लागि भनेर २० हजार रुपायाँको उपचार खर्च दिएको छ ।

सामान्यतः ग्राहकमा बीमाको कुरा त गफमात्रै हुन्, बैंकले दिदैनन् भन्ने भ्रम छ । दमकका कटुवालले जस्तै एनआईसी एशिया बैंकले बीमावापत अहिलेसम्म ६१० ग्राहकलाई ३ करोड ८५ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ ।
‘एनआइसी एशिया बैंकबाट १० लाख रुपैयाँ बीमा पाउँदा म अचम्ममा परें,’ कटुवालले भने, ‘बैंकले ब्याज खातामा बीमा दिन्छ भन्दा धेरैले पत्याउँदैनन् ।’

बेस रेटमा थप १ प्रतिशतमै पूर्व स्वीकृत कर्जा

सर्वश्रेष्ठ बचत खाताको गुडविल श्रेणीको अर्को आकर्षक फाइदा भनेको बचतकर्ताले विशेष पूर्व स्वीकृत कर्जा पाउनु हो ।
सर्वश्रेष्ठ बचत योजनाबाट कर्जा लिँदा ब्याजदर र प्रशासनिक शुल्कमा विशेष सहुलियतको सुविधा छ । साथै, पूर्व स्वीकृति कर्जाको सुविधा पनि यसमा छ ।

कुनै ग्राहकको एम्बेस्डर गुडविल खाता खोलेर तीन महिनाको लागि १० लाखको औषत व्यालेन्स राखेका छन् भने पूर्व स्वीकृति कर्जाअनुसार १ करोडसम्मको ऋण लिन पाउने सुविधा पूर्व स्वीकृति कर्जा हो । पूर्व स्वीकृत कर्जा सुविधा अन्तर्गत ३ महिनाको औसत मौज्दातको १० गुणा बढि अर्थात कर्जामा बेस रेटमा थप १ प्रतिशत ब्याजदर कायम गरी केवल ०।२५ प्रतिशत प्रशासनिक शुल्कमा सो कर्जा प्राप्त गर्न सक्नुहुन्छ ।

यस खातामा तीन महिनाको औषत ब्यालेन्सको दश गुणा बराबरको ऋण लिन पाइन्छ । यस्तो ऋणको बेस रेटमा लाग्ने प्रिमियम शुल्क १ प्रतिशत र यसको प्रशासनिक शुल्क ०।२५ प्रतिशतमात्र हुन्छ ।
‘यो भनेको उच्च कम्पिटेटिभ हो,’ एनआईसी एशिया बैंकका सहायक प्रमुख कायृकारी अधिकृत राठीले भने, ‘यस्तो सुविधा बैंकिङ क्षेत्रमा कहि पनि छैन ।’ अहिले अन्य बैंकमा हेर्ने हो भने सामान्यत वेस रेट प्लस ४ प्रतिशतसम्म ब्याजदर रहेको छ ।
पाँच वर्षलाई निःशुल्क फाइदाहरू

एनआईसी एशियाको सर्वश्रेष्ठ बचत खातामा आएको अर्को महत्वपूण पक्ष भनेको यसले विभिन्न कार्ड र डिजिटल कारोबारमा दिएको पाँच वर्षसम्मको निशुल्क सुविधा हो ।
अन्य बैंकहरूले एटीएम, डेभिड कार्ड, क्रेडिट कार्ड एक वर्षको लागि निशुल्क उपलब्ध गराउँछन् । एनआईसीले भने एम्बेसडर खाता खोल्ने बित्तिकै पाँच वर्षको लागि यि कार्ड निःशुल्क प्रयोग गर्न सकिने सुविधा ल्याएको छ ।

त्यस्तै, निशुल्क मोबाइल बैंकिङ, निशुल्क इन्टरनेट बैंकिङ, आरटीजीएसलगायत भुक्तानीमा पनि शुल्क लाग्दैन ।
शेयर बजारलाई ध्यानमा राखेर एनआईसी क्यापिटलबाट पोर्टफोलियो म्यानेजमेन्टको लागि पहिलो वर्ष ५० प्रतिशत छुट उपलब्ध गराएको छ । डिम्याट र मेरो शेयर प्रयोगमा भने शुल्क लाग्दैन ।
अर्को महत्वपूर्ण भनेको आफूले चाहेको बेलामा जहाँबाट पनि पैसा झिक्न पाउनु हो । एनआइसी एशियाका ४७३ एटीएम शाखा र मुलुकभरका सबै बैंकका ४ हजारभन्दा धेरै एटीएमबाट पनि निशुल्क रुपमा पैसा झिक्न सकिन्छ ।

स्विप–इन- स्विप–आउट सुविधा
स्विप–इन-स्विप–आउट भनेको फिक्सड ९एफडी० र सेभिङ खातालाई मर्ज गरेर ल्याएको सुविधा हो । यो भनेको सेभिङ खातामा फिक्सड खाताको सुविधा पाउनु हो । यो सुविधा दुई वर्षअघि नै सुरु भएको थियो । ब्याजदर बढी चाहिने ग्राहक र कुनै पनि बेला पैसा चाहिने ग्राहकको लागि लक्षित गरेर यो ल्याइएको हो ।

जस्तो कि सेभिङ अकाउन्टमा अहिले ब्याजदर ७।०५ प्रतिशत छ र फिक्स्ड (एफडी) मा राखियो भने ग्राहकले १०/०५ प्रतिशत ब्याज पाउँछन् । त्यसले गर्दा सेभिङमा राख्दा ३ प्रतिशत ब्याज कम आयो ।

यो बेला ग्राहकले यता राखेको भए त धेरै ब्याज आउँथ्यो भन्ने हुन्छ, ति ग्राहकलाई लक्षित गरेर सेभिङमा २ लाखभन्दा धेरै हुँदा बित्तिकै अटो स्वीप हुने गरी सुविधा ल्याइएको हो । यसको अर्थ हो सेभिङमा दुई लाखभन्दा बढी हुँदा बित्तिकै ३ महिनाको लागि एफडी भएर जान्छ ।

९० दिन भएपछि २ लाखले ७/०५ प्रतिशत कमाउँछ भने त्यसभन्दा धेरै रकमलले १०/०५ प्रतिशतले ब्याज पाउँछ । यदि ग्राहकलाई बीचैमा पैसा चाहियो भने पनि चेक काटेर सिधै झिक्न सकिन्छ । ‘प्रि म्याचुअर’ भयो भनेर शुल्क लाग्दैन ।