सुनाखरी न्युज/ काठमाडौं –
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने उक्त अवधिमा कसैको पनि मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको हो ।
२ हजार ८ सय ५६ जनाको पीसीआर परीक्षणमा १९ जना र १ हजार ४९ जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी २५ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट १५ जना निको भएका छन् भने हाल देशभर ९७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।