२०८१ आश्विन १२ , शनिवार

प्रधानमन्त्री र अर्थमन्त्रीले आज संसदमा जवाफ दिनुहुने

सुनाखरी न्युज/ काठमाडौं । प्रतिनिधिसभामा रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित विषयमा प्रधानमन्त्री र सम्बन्धित मन्त्रीले जवाफ दिन आजका लागि समय निर्धारण गरिएको छ ।

 

हिजोको बैठकमा ती मन्त्रालय र निकायकासमेत जवाफ दिइसकिने समय तोकिएकामा हिजो राति ९.३० बजेसम्म चलेको बैठकपछि सभामुख अग्निप्रसाद सापकोटाले उक्त जानकारी गराउनुभएको हो ।

प्रतिनिधिसभाका बैठक आज दिउँसो १ बजेका लागि तोकिएएको छ ।