सुनाखरी न्युज/ काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र सुदूरपश्चिमस्थित धनगढीका किसान समूहबीच कृषि उत्पादकत्व वृद्धिका लागि ट्याक्टर खरिद गर्न लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएको छ।
सम्झौतामा किसान समूहबाट सिफारिस भएका ग्राहकलाई सेञ्चुरी कमर्सियल बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट सोलिस र सोनालिका ट्याक्टर खरिद गर्न विपन्न वर्ग कर्जाअन्तर्गत ऋण प्रदान गर्ने र ती ग्राहकलाई किसान समूहले बाई ब्याक ग्यारेन्टी सुविधासमेत उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको छ।
सम्झौतापत्रमा बैंकका तर्फबाट कृषि तथा विपन्न वर्ग कर्जा प्रमुख प्रविनकुमार दाहाल र किसान समूहका तर्फबाट प्रबन्ध निर्देशक शाह नवाज आलमले हस्ताक्षर गरेका छन्।