२०८१ मंसिर १२ , बुधवार

नबिल बैंकमा आकर्षक सुबिधा सहितको पर्यावरण मैत्री व्यवसाय ऋण कर्जा सुबिधा

सुनाखरी न्युज/ काठमाडौं । पर्यावरणमैत्री व्यवसायतथादिगो विकास सम्बन्धित व्यवसायहरुको वित्तिय व्यवस्थापनमा सहयोग गर्ने लक्ष्यका साथ नबिल बैंकले पहिलो पटक पर्यावरण मैत्री व्यवसाय ऋण कर्जा सुबिधा “Nabil Eco-Friendly Business Loan”जारी गरेको छ।

 

फोहोरमैला व्यवस्थापनसंग सम्बन्धित व्यवसायहरु, पर्यावरणमैत्री व्यवसायहरु तथा वनबिनाश र प्रदुषण कमगर्ने लक्ष्य राखेका व्यवसायहरुको वित्तियआवश्कता पुरा गर्न आकर्षक सुबिधा तथा ब्याजदर सहित नयां कर्जायोजना ल्याएको हो । यस कर्जायोजना अन्तर्गत बैंकले साबिकको भन्दा शून्य दशमलब ५ प्रतिशत (०.५%) कममा कर्जा उपलब्ध गराउनेछ । बैंकले पर्यावरणमैत्री व्यवसायीहरुको व्यवसाय बढाउन मद्दत गर्नको लागिक्षमताअभिवृद्धि कार्यक्रमहरू र व्यवसाय विकास तथा परामर्श सुबिधाहरु प्रदानगरि व्यवसायीहरू माझ वित्तिय पहुचमा जोड दिनेछ । साथै, आफ्नाग्राहकवर्ग सम्मव्यवसायको उत्पादन र सेवाहरु वितरणलाई सहजबनाउने उदेश्यले “Nabil SME सहकार्य योजनामा” आबद्ध गराउनेछ ।

 

“नबिलपर्यावरणमैत्री व्यवसायकर्जा योजना हाम्रो दिगो बैंकिंग अन्तर्गतको विभिन्न प्रयासहरु मध्यको एक हो, जस अनुरूप फोहोरमैला व्यवस्थापन, सामाजिक र वातावरणीय मूल्यमान्यताअभिवृद्धि गर्ने लक्ष्यलिएर स्थापनाभएकादिगो तथापर्यावरण मैत्रीव्यवसायको क्षमता अभिवृद्धि तथा वित्तिय पहुँचमा बैंकको साझेदारीलाई झल्काउँछ,” बैंककाक् SME and MF विभागकाप्रमुखनिरज कुमार बस्नेत (डनिल) बताउँछन् । उनकाअनुसार बैंकले यस कर्जा योजनाअन्तर्गतका ऋणीहरुलाई एक सफलव्यापार उद्यमको रूपमा विकाषगर्न ऋणीहरुलाई विभिन्न क्षमता अभिवृद्धि कार्यक्रम तथा सहकार्य योजनाहरुमा समाबेश गर्नेछ ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवाप्रदानगर्दै आएको यस नबिल बैंकको १५० शाखा, १८७ एटिएम र १५०० भन्दा बढि नबिलरेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवातगर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमाकामगर्दै आएको छ ।