२०८१ आश्विन १२ , शनिवार

व्यवसायी श्रेष्ठलाई अस्ट्रिया सरकारको डेकोरेसन अफ अनर इन सिल्भर पदक ग्रहण गर्न स्वीकृति

सुनाखरी न्युज/ काठमाडौं –

सरकारले व्यवसायी राजेश बाबु श्रेष्ठलाई अस्ट्रिया सरकारबाट प्रदान गरिने डेकोरेसन अफ अनर इन सिल्भर पदक ग्रहण गर्न स्वीकृति दिएको छ।

 

जेठ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई अस्ट्रिया सरकारले दिने उक्त पदक ग्रहण गर्न स्वीकृति दिएको थियो। मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त निर्णय बारे जानकारी दिएका हुन्।