२०८१ आश्विन १२ , शनिवार

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं –

कैलाली – गोदावरी नगरपालिका-६ लालपुरस्थित सडकमा सु.प.प्र ०१०१० प ९६०३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक बाजुरा घर भएका ३७ वर्षीय हिक्मत बहादुर रावलको मृत्यु भएको छ ।

 

दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

रौतहट – चन्द्रपुर नगरपालिका-२ स्थित सडकमा ना.६ ख ६५५० नम्बरको ट्रकले रा.४ प ५०१ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सुनसरी ईनरवा नगरपालिका-१० बस्ने ३६ वर्षीय सकल कुमार मण्डलको मृत्यु भएको छ ।

 

ठक्करबाट गम्भीर घाइते भएका उनको चपुर प्रालि अस्पताल चपुर हुँदै नारायणी अस्पताल वीरगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।