२०८१ आश्विन १२ , शनिवार

स्याङ्जाली दिदीबहिनी मानव सेवा आश्रममा, स्वास्थ्य परिक्षण र औंषधी वितरण

सुनाखरी न्युज/ पोखरा । स्याङ्जाली दिदीबहिनी एकता समाज पोखराले शनिवार स्वास्थ्य परिक्षण तथा औंषधी वितरण गरेको छ । समाजले पोखरा – १७ छोरेपाटनस्थित मानव सेवा आश्रममा आश्रित रहेकाहरुका लागि स्वास्थ्य परिक्षण र औंषधी वितरण गरेको हो ।

 

चरक मेमोरियल हस्पिटल र गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोगमा कार्यक्रम गरिएको हो । त्यसअवसरमा आश्रममा आश्रित एक सय ५२ जनाको स्वास्थ्य परिक्षण गरी औंषधी वितरण गरिएको थियो ।‘मानवीय सेवाका लागि कार्यक्रम गरेका हौं, कार्यक्रम संयोजक एवं समाजकी सल्लाहाकार गीता पंगेनी पौडेलले भन्नुभयो, मानवीय सेवा नै सबै भन्दा ठूलो पुण्य हो ।’

 

कार्यक्रममा डा. सन्तोष अधिकारी, डा. अच्युत आचार्य, संजय राना, प्रमिता श्रेष्ठ, सागर पौडेल, मनिषा कंडेल, इन्सान थापाको समूहले स्वास्थ्य परिक्षण गर्नुभएको थियो । कार्यक्रमलाई डा. जयबहादुर खत्री, नवराज पौडेल र ईश्वर रेग्मीले सहयो पु¥याउनु भएको थियो । कार्यक्रम उद्घाटन गर्दै चरक मेमोरियल अस्पतालका डा. सन्तोष अधिकारीले मानवीय सेवाका लागि आफू सदैव अग्रसर रहने बताउनुभयो । नेपाल प्रेस युनियन कास्कीका निवर्तमान अध्यक्ष नवीन सिग्देलले सबै मिलेर मानवीय सेवामा जुट्नुपर्ने उल्लेख गर्नुभयो । मानव सेवा आश्रम कास्कीका संयोजक राजन सापकोटाले व्यक्ति÷व्यक्तिको सहयोगले आश्रम संचालन भएको बताउनुभयो ।

 

समाजका अध्यक्ष सङ्गिता अधिकारी र सचिव सपना गिरीले आवश्यकता अनुसार सेवामूलक कार्यक्रम संचालन गरिने जानकारी दिनुभयो । स्याङ्जा माइती घर भई विवाह गरेर कास्की वा स्याङ्जामा नै घर भएका महिलाहरुको स्याङ्जाली दिदीबहिनी एकता समाज गठन गरेका हुन् । समाज हाल एक सय जना आवद्व हुनुहुन्छ । समाजका अध्यक्ष सङ्गिता अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सहसचिव एवं कार्यक्रम संयोजक गीता पंगेनी पौडेलले स्वागत र सचिव सपना गिरीले संचालन गर्नुभएको थियो ।