२०८१ मंसिर ८ , शनिवार

राउण्ड टेबल नेपालद्धारा १८९ छात्रछात्राको शिक्षा सुनिश्चितको लागि रु. बीस लाखको सहयोग

सुनाखरी न्युज/ काठमाडौं । राउण्ड टेबल नेपाल, नेपालको गैर नाफामूलक संस्थाहो जसले देशका विभिन्न जिल्लाहरुमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सामाजिक काम गरिरहेको छ ।

 

अहिले सम्म राउण्ड टेबल नेपालले ३७३ कोठा सहित ४० वटा शौचालय ५८ वटा विद्यालय र अनाथालयमा निर्माण गरिसकेको छ । राउण्ड टेबल इन्टरनेशनल सँग आवद्ध सन् १९९९ मा स्थापना भएको राउण्ड टेबल नेपाल, नेपालभर अहिले सम्म ३२ च्याप्टरमा कुल५१३ सदस्य रहेका छन् । १८ देखि ४० वर्ष उमेर समूहका युवाहरु मात्रै सक्रिय रहन पाउने यो संस्थाले राष्ट्रिय परियोजना “फ्रिडम थ्रू एजुकेसन” सञ्चालन गरिरहेको छ ।

 

संस्थाले शिक्षा क्षेत्रमा देशको कुनै पनि स्थानमाविद्यालय सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधार (समग्र विद्यालाय भवन) देखि आवश्यकता अनुसार शिक्षा सामाग्री, कम्प्युटर, लाइब्रेरी र ल्याबनिर्माण गर्दै आएको छ । राउण्ड टेबल नेपालले कक्षा १२ सम्म पढाइ हुने विद्यालयनिर्माण गरेका छन् भने सो निर्माणमा अहिलेसम्ममा २५ करोड रुपैयाँभन्दा बढी खर्च गरिसकेको छ । शिक्षा क्षेत्रसंगै संस्थाले स्वास्थ्य क्षेत्रमापनिकामगर्दै आएको छ। खोलिएकाविभिन्न स्वास्थ्यचौकीबाट हरेक वर्ष चार देखि पाँचहजार बिरामीले निःशुल्क सेवापाउनुका साथै रगत फेर्नुपर्ने थ्यालेसिमियानामक रोगका बिरामीहरुलाई लक्षितगर्दै विगतचार वर्षदेखि उपचार प्रक्रियामा सघाइरहेको छ ।

 

त्यसैगरी कोरोनामहामारीकाप्रोजेक्ट लाइफ लाइन अन्र्तगत विरामीहरुलाई लक्षितगर्दै संस्थाले लगभग ३५ लाख बरावरको ३५ भिप्याप मेसिनविभिन्न अस्पतालहरुलाई हस्तान्तरण गरेको थियो ।