२०८१ आश्विन १२ , शनिवार

पहिरोले पृथ्वीराजमार्गको डुम्रे–याम्पा सडकखण्ड अवरुद्ध

सुनाखरी न्युज/तनहुँ–

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा आइतबार पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको छ।

 

मध्यान्ह १२ बजेतिर पहिरो खसेपछि डुम्रे–याम्पा सडक अवरुद्ध भएको हो। सडक अवरुद्ध भएपछि सवारीसाधन रोकिएका छन्। पहिरो हटाएर राजमार्ग सुचारु गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

 

मुग्लिन पोखरा सडक विस्तारका लागि भित्ता खन्ने काम भइरहेकाले यहाँ बेला–बेलामा पहिरा खसिरहेको छ। रासस