सुनाखरी न्युज/ काठमाडौं –
भारतको पटनाबाट राजधानी नयाँ दिल्लीका लागि उडेको स्पाइस जेटको विमानमा आकाशमै आगो लागेको छ । आगो लागेपछि विमानलाई पटना विमानस्थलमा नै आकस्मिक अवतरण गराइएको छ ।
१८५ सवार यात्रु बोकेर दिल्लीका लागि उडेको विमानको बायाँ इन्जिनमा चरा ठोक्किएपछि आगो लागेको थियो । विमानमा आगो लागे पनि विमानमा रहेका यात्रु र चालक दलका सदस्य सबै सकुशल छन् ।
पाइलटले आगो लागेको इन्जिन बन्द गरेर विमानलाई सुरक्षित अवतरण गराएका हुन् । उडिरहेको विमानमा लागेको जमिनबाटै देखिएको थियो । आगोलागेको देख्नेहरुले प्रहरी र विमानस्थललाई जानकारी गराएका थिए । एजेन्सी