२०८१ आश्विन ६ , आइतवार

जुनलाई अन्तर–राष्ट्रिय योग महिनाको रुपमा मनाउँदै आर्ट अफलिभिङ नेपाल

सुनाखरी न्युज/ काठमाडौं । आर्ट अफलिभिङले सन् २०१५ देखि विभिन्न किसिमका योग कार्यशालाहरु र जनचेतना मुलक अभियानहरु सञ्चालन गर्दै जुनमहिना लाई योग महिनाको रूपमा मनाउँदै आएको छ। र, यसै सिलसिलाअन्तर्गत यो वर्ष आर्ट अफलिभिङले विभिन्न सरकारी तथा निजी विद्यालय, कलेज, आर्मी क्याम्प, सशस्त्रप्रहरी बल र अन्य संस्थाहरुका लागि पनि लागि योग कक्षाहरु सञ्चालन गर्दैछ।

 

आर्ट अफलिभिङले विश्व सम्पदा क्षेत्रहरूमापनि योग महोत्सव आयोजना गर्दैछ जहाँ विभिन्न पेशा, व्यवसाय र उमेर समुहका मानिसहरू स्वतन्त्र रूपमा सहभागीहुन सक्छन्। असार १३ गते वसन्तपुर दरबार स्क्वायरबाट शुरु भएको यो कार्यक्रममा विभिन्न पृष्ठभूमिका १०० भन्दा बढी व्यक्तिले योग गरेका थिए । यो योग श्रृङ्खला महादेवथान, मातातीर्थ, स्वयम्भुनाथ स्तुपा, बौद्धनाथ स्तुपा लगायत काठमाडौँका अन्य विभिन्न स्थानहरुमा संचालन गरिएकोथियो । सद्भाव र सदाचार्यको नेपाली संस्कृतिलाई झल्काउँदै आईटी व्यवसायीहरु, विद्यार्थीहरू, ब्रिटिश गोर्खा प्रशिक्षार्थीहरू, कराते अभ्यासकर्ताहरू, गृहिणीहरू लगायतविभिन्न समुदाय र पृष्ठभूमिबाट योग गर्न र यसको महत्वझल्काउनको लागिमानिसहरु सहभागिहुँदै आएका छन् । त्यस्तै गरी आर्ट अफलिभिङ नेपालले आर्मी र सशस्त्रप्रहरी बलकालागिपनिक्रमशःजुन २० र जुन २२ मा विशेष योग कार्यक्रम तय गरेको छ ।

 

आर्ट अफलिभिङ नेपालका योग गुरुहरुले काठमाडौँउपत्यकाबाहिरपनिपोखरा, चितवन, लुम्बिनी, बुटवल, भैरवा, धनगढी, दाङ, विराटनगर, झापालगायतका स्थानहरुमानिःशुल्क योग कक्षा सञ्चालनगर्दै आएका छन् । आर्ट अफलिभिङ नेपालकि योगा को–अर्डिनेटर रिया थापाको संयोजकत्वमायी योग कक्षाहरु संचालनभइरहेका छन् । मानवस्वास्थ्य र खुशीमा केन्द्रित आर्ट अफलिभिङ नेपालको यो वर्षको योग दिवसको थिम“मानवताकालागि योग”रहेको छ । कार्यक्रमको अन्त्यमासाँझको सत्संग र आर्ट अफलिभिङका संस्थापक, आध्यात्मिक गुरु एवममानवतावादकाप्रवर्तक् श्री श्री श्री रविशंकरद्वारा पतञ्जलि योगको बारेमा प्रवचनपनि सुनाउने कार्यक्रम रहेको छ । वहाँआँफै पनि सम्पूर्ण विश्वको लागिअनलाइन योग कक्षा सञ्चालन गर्नुहुन्छ ।

 

यसको मुख्यकार्यक्रमजुन २१ तारिखमा अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर बिहान ६ः३० बजे वल्र्ड ट्रेड सेन्टरको डिइसीसी हलमा हुँदैछ जहाँ आर्ट अफलिभिङ काठमाडौँको सम्पूर्ण परिवार सहभागिहुनेछ।कार्यक्रममामाननीययुवातथा खेलकुदमन्त्रीश्री महेश्वर जङ गहतराज अथकको प्रमुखआतिथ्यता रहनेछ । आर्ट अफलिभिङ नेपालले योगा डे अनलाइन र अफलाइनदुबै तरिकाले मनाउँदै आएको छ । योग आँफैमा एउटा कार्य कौशलताहो । योग गर्नाले जीवनमाअझ धेरै काम गर्ने उर्जा मिल्छ । तन, मन र आत्माको मिलनको महसुस गर्न र योगको फाईदा लिनचाहने सम्पूर्णले यस कार्यक्रममा भागलिन सक्नेछन् ।