२०८१ पुष २० , शनिवार

मंगलम ProDrain पाईप्स परम्परागत पाइपिङ प्रणाली भन्दा अब्बल

सुनाखरी न्युज/ काठमाडौं । घर निर्माण गर्दा ढल व्यवस्थापनको पक्ष अत्यन्तै महत्वपुर्ण हुन्छ । त्यसको लागि उचित ड्रेनेज प्रणाली पनि एउटा जरुरी पाटो हो । घरको निर्माण प्रक्रियामै उचित ड्रेनेज प्रणालीको व्यवस्था नगर्दा भविष्यमा धनजनको क्षति र स्वास्थ्य जोखिम निम्तिन सक्छ । बर्खाको बेलामा जम्मा हुने पानी होस् वा घरको भान्छा र बाथरूमबाट निस्कने फोहोर पानी होस्, तिनको उचित व्यवस्थापन नहुँदा घरमा पानी जाम हुने, पानी रसाउने, चुहिने जस्ता समस्या आइपर्न सक्छन् ।

 

बजारमा धेरै प्रकारका पाइपहरू उपलब्ध छन् । कुनै पनि घर निर्माण गर्दा कुन पाइप कहाँ प्रयोग हुन्छ भन्ने कुराको जानकारी हुनु महत्वपुर्ण हुन्छ । मेकानिकल, थर्मल, रासायनिक सबै पक्षहरूमा उत्कृष्ट मंगलम ProDrain ईप्स परम्परागत पाइपिङ प्रणाली भन्दा धेरै अब्बल छन् । मंगलम ProDrain पाइपहरू रिङफिट र सेल्फ फिट दुवैमा उपलब्ध छन् र यिनीहरु आईएमएस १३५९२ मान्यता प्राप्त छन् । मंगलम ProDrain पाइप आईएसओ साथ साथै नेपाल गुणस्तर पनि प्रमाणित छ ।

 

छिटो र सजिलै जडान गर्न सकिने, जोइन्टहरू बनाउनको लागि कुनै सल्भेंट सिमेन्टको आवश्यक नपर्ने मंगलम ProDrain पाइपहरू आवासीय तथा व्यवसायिक भवनहरू, कारखाना, गोदाम लगायत सार्वजनिक स्थानहरूमा सरल तरिकाले ड्रेनेज डिस्पोजलको लागि अत्यन्त उपयोगी छन् ।