२०८१ आश्विन १२ , शनिवार

खोलामा डुबेर २ जनाको मृत्यु

सुनाखरी न्युज/ सुर्खेत –

पञ्चपुरी नगरपालिका-५ गोटिहोम खोलामा नुहाउने क्रममा डुबेर कैलाली लम्किचुवा नगरपालिका-१ घर भएका दुर्गा प्रसाद रिजालको छोरा १५ वर्षीय नारायण रिजालको सोमबार दिउँसो मृत्यु भएको छ ।

 

सोही नगरपालिका-५ बाबियाचौरस्थित शिवधाम गुरुकुल विद्यालयको छात्राबासमा बसी कक्षा ८ मा अध्ययनरत उनलाई उक्त खोलामा डुबेर अशक्त भएको अवस्थामा उद्दार गरी पोलिक्लिनिक सुर्खेत लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

 

यसैगरी पञ्चपुरी नगरपालिका-५ पालबजार बस्ने राम बहादुर नेपालीकी छोरी ९ वर्षीया देवी नेपालीको खोलामा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित तिखाकुना खोलामा पानी घट्टको कुलोमा नुहाउने क्रममा उनको डुबेर मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।