२०८१ पुष २० , शनिवार

सांग्रिला डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय परिसरमा रहेको शौचालयलाई सार्वजनिक शौचालय बनाउने

सुनाखरी न्युज/ काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लि.ले आफ्नो केन्द्रीय कार्यालय परिसरमा रहेको शौचालयलाई सार्वजनिक बनाउने।

काठमाडौं महानगरपालिकाले महानगर भित्र संचालनमा रहेकाहोटल, रेष्टुरेण्ट, बैंक, व्यवसायिक कम्प्लेक्स, सपिङ्गमल, गैरसरकारी संस्था तथा अन्य व्यवसायी लाई ऐच्छिक रुपमाआफ्नो शौचालय सार्वजनिक प्रयोगका लागि खुलागर्न आह्वान गरेकाले काठमाडौं महानगरपालिका कार्यालयसँग समन्वयगरी यस सांग्रिला डेभलपमेन्ट बैंक लि.ले आफ्नो केन्द्रियकार्यालय, बालुवाटार, काठमाडौं परिसरमा रहेको शौचालय सार्वजनिक शौचालयको रुपमा सर्वसाधारण नागरिकलाई निशुल्कप्रयोग गर्न दिने निर्णयको सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख संचालन अधिकृत अपूर्व प्रसाद जोशी र काठमाण्डौ महानगरपालिकाको मातहतमा रहेको सार्वजनिकनिजी साझेदारी एकाईकातर्फबाट श्री नुर निधिन्यौपानेले हस्ताक्षर गर्नु भएकोव्यहोरा जानकारी गराइन्छ ।

यस डेभलपमेन्ट बैंक र महानगरपालिका बिच भएको सम्झौता अनुसार यस बैंकको केन्द्रीय कार्यालय, बालुवाटार परिसरमा रहेको शौचालय सार्वजनिक शौचालयको रुपमा सर्वसाधारणले प्रयोग गर्न सक्ने व्यहोरा जानकारी गराईन्छ । बैंकको यस निर्णयले सर्वसाधारण नागरिकलाई सहजताका साथ शौचालय उपलब्ध गराउने काठमाडांै महानगरपालिकाको प्रयासमा सहयोग पु¥याउने विश्वास बैंकले लिएको छ ।

केन्द्रीय कार्यालय विहान ९.३० वजे देखि ५ वजे सम्म मात्र खुल्ला रहने भएकाले उक्त समयमायस कार्यालयको परिसरमा रहेको शौचालय सर्वसाधारणले प्रयोग गर्न सक्ने व्यहोरा समेत जानकारी गराईन्छ ।