२०८१ मंसिर १२ , बुधवार

सेञ्चुरी कमर्सियल बैंक र स्मार्टच्वाइस टेक्नोलोजि बीच सम्झौता

सुनाखरी न्युज/ काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड रस्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) बीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरु लाई लक्षित गरी स्मार्ट क्यू आर (Smart QR) प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको छ ।

 

सेवा विविधिकरणको यो नयाँआयामपश्चातसेञ्चुरी कमर्सियल बैंक लिमिटेडका ग्राहकहरुले बैंकको मोबाईल बैंकिङ्ग एप “CenturyPay” प्रयोग गरी कुनै पनिवस्तु तथा सेवाखरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यू आर (Smart QR)मार्फत गर्न सक्नेछन् ।

उक्त सम्झौतापत्रमा स्र्माटच्वाइस टेक्नोलोजिज लिमिटेडकातर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाशभुजु र बैंकको तर्फबाट प्रमुख व्यापार प्रबर्धन अधिकृत शंकर केसी ले हस्ताक्षर गर्नुभयो ।

 

अन्य जानकारीका लागि बैंकको वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।