२०८१ आश्विन १२ , शनिवार

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं –

काठमाडौं – शंखरापुर नगरपालिका-१ देउराली भञ्ज्याङमा प्र.३-०१-००६ ख ३४७४ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१३ फटकसिला बस्ने ३९ वर्षीया लिलामाई दनुवारको मंगलबार राति घटनास्थलमै मंगलबार राति मृत्यु भएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बारा – कलैया उपमहानगरपालिका-२७ मौजेरामपुरमा ना.२८ प.७७६८ नम्बरको मोटरसाइकल र ना.३४ प ७९२२ नम्बरको मोटरसाइकल एक-आपसमा ठोक्किएर मंगलबार दिउँसो दुर्घटना हुँदा ना.३४ प ७९२२ नम्बरको मोटरसाइकलमा सवार करैयामाई गाउँपालिका-१ बस्ने २२ वर्षीय तबरेज आलमको मृत्यु भएको छ ।

 

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटना घाइते भएका दुवै मोटरसाइकलमा सवार अन्य ४ जनालाई थप उपचारको लागि बयोधा अस्पताल वीरगंज लगिएको छ ।

 

दैलेख – भगवतीमाई गाउँपालिका-७ खोरस्थित सडकमा क.प्र.०२-००१ त ०२४८ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर मंगलबार साँझ दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने १८ वर्षीय जगत बहादुर विकको घटनास्थलमै मृत्यु भएको छ ।

 

साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार ट्याक्टरधनी सोही ठाउँ बस्ने ४२ वर्षीय हरि नारायण खड्काको उपचारको लागि जिल्ला अस्पताल कालागाउँ लागिएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङ – पथरी शनिश्चरे नगरपालिका-२ स्थित सडकमा प्रदेश १ -०२-०४७ प ००१५ नम्बरको मोटरसाइकलको टक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५० वर्षीया बिमला खड्काको मंगलबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको बिराटनगरस्थित कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी मोरङ सुन्दरहरैचा नगरपालिका-११ स्थित सडकमा को.३३ प ४२४१ नम्बरको मोटरसाईकल अनियन्त्रित भई मंगलबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार ३० वर्षीया देव कुमारी श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।