सुनाखरी न्युज/ काठमाडौं –
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने उक्त अवधिमा कोरोनाबाट कसैको मृत्यु भएको छैन ।
१ हजार ५ सय ५७ जनाको पीसीआर परीक्षणमा २८ जना र ८ सय ५० जनाको एन्टीजेन परीक्षणमा ३ जना गरी ३१ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै , पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट १० जना निको भएका छन् भने हाल देशभर १ सय ४२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको हो ।