सुनाखरी न्युज/ काठमाडौं –
राष्ट्रिय खेलकुद परिसदका पुर्व सदस्य सचिव स्व. शरदचन्द्र शाहाको संझनामाफोटो प्रदर्शनीको आयोजना गरिएको छ । स्वर्गिय शाहाले नेपाली खेलकुदको विकास र विस्तारमा पुर्याउनु भएको योगदानको मुल्याङकन गर्दै Sharad Chandra Shaha Memorial Foundation ले उहाँको योगदानलाई समेटिएको फोटो प्रदर्शनीको आयोजना गरेको हो ।
Sharad Chandra Shaha MemorialFoundationको आयोजना र Nepal Sports for all Commission सहकार्यमानेपालको खेलकुदमानयाँयुगको प्रारम्भ “The Dawn of a New Era in Nepal’s Sports””नामकफोटो प्रदर्शनीशुरु भएको हो । ओलम्पीक डे २०२२ को पुनितअवसरमाअसार ९ गते बिहिबार उद्घाटन भएको यस प्रदर्शनी ५ दिनसम्मचल्ने छ ।
स्वर्गिय शाहाले राष्ट्रिय खेलकुद परिसदमा रहँदा नेपाली खेलकुदको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सो प्रदर्शनीको आयोजनागरिएको हो । खासगरी युवा पुस्तालाई खेलकुद तिर आकर्षित गर्दै उनीहरुलाई यसको महत्व झल्काउन सहयोग पुर्याउने प्रदर्शनीको मुख्य उद्धेश्य रहेको छ । प्रदर्शनी एक बर्षभित्रमा देशका सातै प्रदशमा आयोजना गरिने बताइएको छ ।
स्व. शाहा२०३४ देखि एकदशकसम्म राष्ट्रिय खेलकुद परिसद्को सदस्य सचिवतथा नेपाल ओलम्पिक कमिटिको अध्यक्ष रहनु भएको थियो । उहाँइथिpxfFOlympic councilof Asia ओलम्पिककाउन्सिलको उपाध्यक्ष समेत बन्नु भएको थियो । नेपालको खेलकुदको क्षेत्रका उहाँको ठूलो योगदान छ ।उहाँकै नेृत्वमा राष्ट्रिय खेलकुदप्रति योगितातथा दक्षिण एशियाली खेलकुदको शुरुवात भएको थियो ।