२०८१ आश्विन १२ , शनिवार

माटोको ढिस्कोमा पुरिएर एकको मृत्यु

सुनाखरी न्युज/ रुकुम (पश्चिम) –

आठबिसकोट नगरपालिका-३ खदी ढाड भन्ने स्थानमा माटोको ढिस्कोमा पुरिएर सोही ठाउँ बस्ने २४ वर्षीय बिष्णु कामीको बिहीबार दिउँसो मृत्यु भएको छ ।

 

ढुङ्गा खानीमा गिट्टीको लागि ढुङ्गा निकाल्ने क्रममा माथिबाट ढुङ्गा र माटोको ढिस्को भत्किन गई पुरिएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट स्यालाखतिबाट खटिएको प्रहरीले उनको शव फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।