२०८१ मंसिर ९ , आइतवार

मदन भण्डारी मेमोरियल कलेजले आयोजना गरेको आँखा तथा दन्त शिविर सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं । सामुदायिक रुपमा सञ्चालित मदन भण्डारी मेमोरियल कलेजले आयोजना गरेको आँखा तथा दन्त शिविर सम्पन्न भएको छ । कलेजले आफ्नो २१ औँ वार्षिकोत्सवको अवसरमा तिलगंगा आँखा विज्ञान प्रतिष्ठान र समाज डेन्टलको सहकार्यमा शिविर सञ्चालन गरेको हो ।

शनिबार आयोजित शिविरमा २८४ जना दाँतका बिरामी र ४४७ जना आँखाका बिरामीले लाभ लिएका छन् । यस्तै, १२ जना मोतियाबिन्दुका बिरामी पहिचान भएको कलेजका समाज कल्याण समितिका संयोजक तथा शिक्षक अरुण शर्माले जानकारी दिए ।