सुनाखरी न्युज/ काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले नेपाली पूँजी बजारमा नयाँनयाँ प्रविधिहरुको विकास गरी ग्राहक तथा सम्पूर्ण नेपाली पूँजी बजारको विकासमा आफ्नो तर्फ बाट महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
यसै परिप्रेक्ष्यमा प्रभु क्यापिटलले नेपालमा सर्वप्रथम आयोजना प्रभावित स्थानीयहरुले अनलाइन बाटै आवेदनदिन सकिने सुविधा सञ्चालनमा ल्याएको छ । प्रभु क्यापिटलले पिपुल्स पावर लिमिटेडको प्राथमिक निष्काशन गर्ने क्रममा इलाम जिल्लाका आयोजना प्रभावित वासिन्दाहरुले आफैले अनलाइन बाट आवेदन दिन मिल्ने गरी यो सेवा सञ्चालनमा ल्याएको हो ।
यसका लागि क्यापिटलको वेबसाइट https://ipoapply.prabhucapital.com/बाट आवेदकहरुले आफ्नो व्यक्तिगत विवरण र स्थानीयका लागि तोकिएको कागजात सहित खरिद गर्न चाहेको कित्ता र रकम उल्लेख गरी आवेदन दिन सक्नेछन् । यस बाट हितग्राही खाता खोल्न बाँकी तथा हितग्राही खाता भएका दुवैले अनलाइन बाट आवेदनदिन सक्नेछन् । आवेदन गरी सके पछि लगानीकर्ताहरुले अनलाइन बाट इसेवा, खल्ती तथा प्रभु पे बाट भुक्तानी गर्न सक्नेछन् । साथै कनेक्ट आइपिएस वा बैंकमा गई आवेदन फारम सबमिट गरे पछि प्राप्त आवेदन नम्बर र आवेदकको नाम राखी बुझाएको रकमको भौचर अपलोड गरी भुक्तानी सम्पन्न गर्न सक्नेछन् ।
यो वेबसाइट बाट हाल इलाम जिल्लाबासीहरुले इलाम नगरपालिकाको वार्ड नं. १ र ४ मा अवस्थित पुवा–२ जलविद्युत आयोजना निर्माण गरी रहेको पिपुल्स पावर लिमिटेडको प्राथमिक निष्काशनमा आवेदन दिन सक्नेछन् ।