२०८१ आश्विन १२ , शनिवार

प्रधानन्यायाधीश जबरामाथिको महाअभियोग प्रस्ताव समितिमा पठाउन एमालेको माग

सुनाखरी न्युज/ काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लगाएको महाअभियोग प्रस्ताव समितिमा पठाउन माग गरेका छन् ।

 

प्रतिनिधिसभाको बैठकमा बोल्दै अधिकारीले महाअभियोग प्रस्ताव संसदीय समिति लगेर छानबिन नगरिए त्यो संविधानको दुरुपयोग हुने बताए । ‘प्रधानन्यायाधीश सिंहदरबारको एउटा र सर्वोच्चको अर्को भएको जनगुनासो छ । महाअभियोगको प्रस्ताव समितिमा नलैजानु हाम्रो असक्षमता हो । यसको साझी प्रतिनिधिसभा हुनुहुँदैन,’ अधिकारीले भने, ‘आजै समितिमा लगैर छानबिन र सुनुवाइ होस्, अन्यथा संविधानको चरम दुरुपयोग भएको ठहर हुनेछ । ‘

 

प्रधानन्यायाधीश जबरामाथिको सत्तारुढ गठबन्धनका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गरेका छन् । महाअभियोग प्रस्ताव दर्ता हुनेबित्तिकै जबरा निलम्बनमा परेका छन् । गत फागुनमै जबरामाथि महाअभियोग लगाएको भएपनि त्यस अघि बढ्न सकेको छैन ।